बैशाख १४, २०८१, शुक्रबार
               

'नेपालीहरूमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भन्नु भ्रम मात्र'

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

अहिले विश्व नै कोरोना भाइरस (कोभिड–१९) महामारीबाट आक्रान्त छ । यो भाइरसले आधुनिक विश्वलाई नै चुनौती दिएको छ । विश्व नै कोरोनाबारे कुनै समाधानको निष्कर्षमा पुग्न सकिरहेको छैन । संसारका ठूलाठूला र शक्ति सम्पन्न राष्ट्रसमेत यस महामारीबाट अछुतो रहन सकेका छैनन् । उनीहरूले समेत महामारीबाट पराजय भोगिरहेका छन् भने विकासोन्मुख नेपालले झन् महामारी सहनुको विकल्प छैन । तर यसलाई हाम्रै प्रयास र सावधानीले धेरै हदमसम्म नियन्त्रणमा राख्न सकिन्छ । एक आपसमा दुरी कायम राख्न नेपालमा दुई महिनायता लकडाउन जारी छ । कोरोनाको सङ्क्रमण रोकथाम गर्न र बच्न अपनाउनुपर्ने उपायबारे काठमाडौंको हाडिगाउँस्थित नियो हेल्थ क्लिनिकका वरिष्ठ चिकित्सक डा. सुपर केसीसँग नेपाल फ्ल्यासका श्यामसुन्दुर पुडासैनीले गरेको संवादको सम्पादिक अंश । 

कोरोना भाइरस (कोभिड १९) भनेको के हो ?

कोरोना भनेको एक किसिमको भाइरस हो । मानिसबाट मानिसमा सरिरहेको छ । अहिले सङ्क्रमण फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरसहरूसँग नमिल्ने भएकाले यसलाई २०१९ नोभेल कोरोना भाइरस नाम दिइएको छ । यस्ता भाइरस पहिला पनि आएका थिए । यो चाहिँ नयाँ प्रकृतिको भएर आएको मात्र हो । यसका अरू दाजुभाइ पहिलादेखिनै थिए । अरू रुघाखोकी गराउने भाइरसहरू छन् । यसअघि आएको  सार्सलगायत भाइरस चाँडै रोकियो । त्यसपछि मर्स भन्ने भाइरस आयो । अहिले पछिल्लो पटक आएको कोरोना भाइरस बामे सर्ने अवस्थामा छ । अब यसले अझै विकराल रूप लिँदै छ ।

मलेरियाको लागि दिइने औषधि पनि चर्चामा आयो । त्यसले खासै प्रभाव पारेको देखिएन । अब अहिले यही रोगको लागि औषधि नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउनुको विकल्प छैन । 

नेपालका सङ्क्रमितलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले निर्धारण गरेको लक्षणहरू किन देखिएन ?

नेपालमा आउँदा लक्षणहरू नमिलेको भन्ने होइन । ती लक्षणहरू नभएका बिरामी देखिएका हुन् । त्यो चाहिँ ट्रेसिङबाट पत्ता लागेका केसहरू हुन् । बिरामीलाई भाइरसको सङ्क्रमण भएर हाम्रो लड्न सक्ने क्षमताले धान्न नसकेपछि चाहिँ डब्लुएचओले भनेजस्तो सिम्टम्स आउँछ । अहिले आएका विरामीहरू भने लक्षण विनाका भेटिएका हुन् । त्यसैले किन लक्षण भेटिएन भन्ने उत्सुकता मात्र हो ।

अहिलेसम्म मृत्यु भएका ३ वटा केसबाहेक, कोरोना लागिसक्दा पनि अरूलाई खासै ठुलो असर परेको देखिँदैन । नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बढी हो ? वा अरु नै कारण छ ?

त्यो बिल्कुलै होइन । रोग प्रतिरोधात्मक शक्ति राम्रै रहँदासम्म भाइरसले कुनै असर नगर्ने हो । तर अहिलेसम्म जुन आएको हो, त्यो मात्रा अनुसार शरीरमा लक्षणहरू आउँछ । वंशाणुगत ढङ्गबाट समेत यो भाइरसले असर गरेको पाइएको छ । हामीमा देखिएको भाइरस कस्तो प्रकारको हो भन्ने अझै अध्ययनपछि नै थाहा हुन्छ । कसैले यही हो भनेर भन्न सक्ने अवस्था छैन । अमेरिका, बेलायतलगायतका देशमा 'ब्राउन एन्ड ब्ल्याक' कलर भएकाहरूको मृत्युदर बढी छ । तर त्यहाँ उनीहरूको संख्या कम छ । सङ्क्रमण र मृत्यु दर भने उनीहरूको बढी छ । लुजियानामा त सङ्क्रमितमध्ये ४२ प्रतिशतभन्दा बढीको मृत्यु भएको छ । नेपालमा भने किन सङ्क्रमणको लक्षण देखिएन । मृत्युदर पनि कम छ । यो अहिल्यै भन्न सकिन्न । यो अध्ययनको विषय हो । अहिल्यै रोग प्रतिरोधात्मक क्षमता बढी छ भन्नु भ्रममात्र हुनेछ ।

कोरोना भाइरसको उपचार सम्भव छैन । के तत्कालको लागि रोकथाम मात्रै उत्तम विकल्प हो ?

अहिलेसम्मको लागि उपचार यही हो भनेर ठोकुवा गर्न सक्ने केही कारण छैन । रोग प्रतिरोधात्मक क्षमता बढाएर अस्पताल बस्ने दिनहरू कम गराउने औषधि केही ठाउँमा बनेका छन् । पहिला इबोलाको लागि बनाइएका औषधि अहिले पनि प्रयोग गरिएको छ । जुन इबोलाको लागि प्रयोग गर्दा खासै उपयोग भएको थिएन । अहिले मलेरियाको लागि दिइने औषधि पनि चर्चामा आयो । त्यसले खासै प्रभाव पारेको देखिएन । अब अहिले यही रोगको लागि औषधि नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउनुको विकल्प छैन । 

सामान्यतया जाडो मौसममा बढी भाइरस सक्रिय हुन्छ । त्यो सिद्धान्तमा भनिएको हो । तर यही नै हो भनेर भन्न सकिँदैन । युके, सिंगापुर, साउथ अफ्रिकालगायतका देशमा रोग फैलिएको छ । यसले तापक्रमले कोरोनालाई फरक पार्दैन । त्यो पुष्टि हुँदै छ ।

कोरोना भाइरसबारे यहाँले नजिकबाट अध्ययन गरिरहनुभएको छ । करिब नियन्त्रणमा आइसकेको ठाउँ कोरोनाको इपिसेन्टर चीनको वुहानमा फेरि देखियो । काठमाडौंमा पनि निको भइसकेकोमा फेरि बल्झियो ? किन होला ?

कुनै पनि बिरामीलाई पुनर्संक्रमण हो कि होइन भनेर पुष्टि गर्न उसको शरीरमा रहेको भाइरस बाहिर कल्चर गरेर ग्रो गर्न सक्छौँ कि सक्दैनौँ, त्यो हेर्नुपर्छ । ग्रो गर्न सकेनौँ भने रिइन्फेक्सन होइन । त्यो चाहिँ पहिलाकै भाइरसका विभिन्न अङ्गहरू अझै पनि बाँकी रहेकाले टेस्ट पोजेटिभ देखिएको हो । यस कारण इन्फेक्सन भन्दा पनि भाइरसका सानातिना टुक्राहरू हुन्छन् । त्यो शरीरबाट क्लियर नभएको मान्नुपर्छ । रिइन्फेक्सन पुन भइहाल्ने भन्ने विषयमा भने कुनै पनि अध्ययनले देखाएको छैन । 

कोरोना टेस्टको लागि नेपालमा रहेका प्रयोगशाला र प्रविधि कत्तिको विश्वसनीय छ ?

नेपालमा टेस्टको लागि मुख्य दुई विधि छन् । एक एन्टिबडी टेस्ट छ । यो व्यापक रूपमा गरिरहिएको छ । अर्को भनेको पिसीआर हो । यो चाहिँ भाइरसकै पार्टिकलहरूलाई पत्ता लगाउने हो । त्यो गर्न विशेष तालिमप्राप्त जनशक्ति चाहिन्छ । अहिले दक्ष प्राविधिकहरूबाट भइरहेको कामलाई विश्वसनीय मान्नुपर्छ । 

नेपालमा सङ्क्रमितमा लक्षण नदेखिएको अवस्थामा परीक्षणको दायरा बढाउन कति जरुरी देख्नुहुन्छ ?

यसको मुख्य दैनिक जीवनीलाई असर पार्ने हो । आम मानिसहरूलाई काममा जान नदिने हो । रोजीरोटी खोस्ने हो । यसको लागि मानिस समाजमा हिँड्नको लागि, काम गर्न तथा चलायमान हुन लायक छ कि छैन भन्ने एक मात्र पुष्टि गर्ने विधि हो, कोरोनाको परीक्षण । टेष्टिङको दायरा बढाउने, रोगीको पहिचान गर्ने, आइसोलोसेन, क्वारेन्टाइनमा राख्ने र निको बनाउने हो । कुन क्षेत्रमा सङ्क्रमित छैनन्, त्यो क्षेत्रमा लकडाउन खुकुलो बनाएर जीवनयापन सहज बनाउन सकिन्छ । सधैँ लकडाउन नै विकल्प होइन । सङ्क्रमणको जोखिम अध्ययन गरिसकेपछि बिस्तारै खुकुलो बनाउन सकिन्छ । यसको लागि टेष्टिङ, टेष्टिङ र टेष्टिङ नै उत्तम बाटो हो । 

लक्षण बिनै सङक्रमण देखिएपछि आफूमा छ कि छैन भन्नेसमेत थाहा नहुने भयो । जसले गर्दा अरूमा सर्ने खतरा बढी भयो होइन त ? 

हो । को मान्छे कस्तो किसिमको अवस्थामा छ ? अहिलेसम्म टेस्ट नगरी थाहा हुने भएन । विना लक्षण नै कोरोना सङ्क्रमण भएका मानिसहरू भेटिएका छन् । जो मानिसलाई सङ्क्रमण भएको छ उसले पहिलो २ दिनमा धेरैलाई सार्ने हुन्छ । त्यो अवस्थासम्म उसलाई कुनै लक्षण नै  देखिँदैन । यसैले भाइरस पत्ता लगाउन टेस्टको दायरा बढाउनुपर्छ ।

यो भाइरस अरूमा कसरी सर्छ ?

अहिलेसम्म कम्तीमा ६ फिटको दुरीमा बस्दा सुरक्षित हुन सकिन्छ । थुकमा ८ मिनेटसम्म रहन्छ । बाहिरी बस्तुमा बसेपछि त्यसको प्रकार अनुसार भाइरस जीवित रहन्छ । मेटलमा बढी समय, कार्डबोर्डमा अलि कम बाच्छ । प्लास्टिकमा केही लामो समयसम्म जीवित रहन्छ  । यसरी केही घण्टादेखि ३–४ दिनसम्म भाइरस बाच्छ ।

तुलनात्मक रूपमा जाडोभन्दा गर्मी मौसममा कोरोना भाइरस कम बाच्छ भनिन्छ नि के हो तथ्य ?  

सामान्यतया जाडो मौसममा बढी भाइरस सक्रिय हुन्छ । त्यो सिद्धान्तमा भनिएको हो । तर यही नै हो भनेर भन्न सकिँदैन । युके, सिंगापुर, साउथ अफ्रिकालगायतका देशमा रोग फैलिएको छ । यसले तापक्रमले कोरोनालाई फरक पार्दैन । त्यो पुष्टि हुँदै छ । 

नेपालमा धेरै लक्षण नै नदेखिएका सङ्क्रमित छन् । यदि लक्षण देखिएमा कस्ता लक्षण देखा पर्छन् ?

कोरोना भाइरसको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने जस्ता लक्षण देखिन सक्छन् । यसको लक्षण फ्लुसँग मिल्दोजुल्दो हुने भएकाले रुघाखोकी लागेका व्यक्तिबाट हामी सतर्क हुनु पर्छ । तर अहिलेसम्म धेरैजसो नेपालमा लक्षण विनाकै सङ्क्रमित भेटिरहेका छन् ।

कोरोना भाइरसबाट बच्न केके उपाय अपनाउनुपर्ला ?

यो जगजाहेर भइरहेकै विषय हो । पटकपटक साबुन-पानीले हात धुने । अरूको नजिक नजाने, हात नमिलाउने । जे पायो त्यही नछुने । जथाभाबी छोएका हातलाई आँखा, मुखमा नलाने । रुघा, खोकी लागेका व्यक्तिको नजिक नजाने । कमसेकम अरूबाट एक मिटरको दुरी कायम गर्ने ।


कस्तो लाग्यो ?

यो पनि