चैत १६, २०८०, शुक्रबार
               

करेन्ट लागेर तीन जनाको मृत्यु

रासस
जेठ ०८, २०७७

ADVERTISEMENT

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।  बत्ती बाल्ने क्रममा बोदे बर्साइन–९ की ४० वर्षीया मिरकुन सदाको आज मृत्यु भएको  प्रहरीले जनाएको छ । गम्भीर घाइते उनको उपचारका लागि बोदे बसाईन–५ स्थित जीवन दीप अस्पताल ल्याउने क्रममा मृत्यु भएको परिवारले बताएको छ ।

गत तीन दिनको अवधिमा यहाँ तीनजनाको करेन्ट लागेर मृत्यु भएको छ । यसअघि डाक्नेश्वरी तथा खडक नगरपालिकामा एक/एकजनाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए।  

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि