चैत १६, २०८०, शुक्रबार
               

कोरोना संक्रमण : देशअनुसार मृत्यु दर फरक (सूचीसहित)

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणको असर देशअनुसार फरकफरक छ । बेल्जियममा कुल संक्रमितको १६ दशमलव ३४ प्रतिशत मानिसको मृत्यु भएको छ । कतिपय देशमाको एक प्रतिशतभन्दा कम छ ।

नेपाल फ्ल्यासले संक्रमणका आधारमा बढी प्रभावित ५० मुलुकको तथ्यांक विश्लेषण गर्दा मृत्यु प्रतिशत बेल्जियमपछि फ्रान्स, बेलायत र इटालीमा बढी छ । त्यस्तै सबैभन्दा कम कतारमा शून्य दशमलव ०४ प्रतिशत संक्रमितको ज्यान गएको छ ।

ती ५० मुलुकमध्ये संक्रमितको एक प्रतिशतभन्दा कम मृत्यु हुने देशमा सिंगापुर, साउदी अरेबिया, बेलारुस, कुवेत, युएई र रुस रहेका छन् ।

पछिल्लो दिनमा संक्रमितको संख्यामा ठुलो वृद्धि हुँदै आएको रुसमा शून्य दशमलव ९६ प्रतिशतको मृत्यु भएको छ । भारतमा संक्रमितमध्ये ३ दशमलव ०६ प्रतिशतको ज्यान गएको छ भने सबैभन्दा बढी मानवीय क्षति भोगेको अमेरिकामा ५ दशमलव ९६ प्रतिशत संक्रमितले मृत्युवरण गरेका छन् ।

सर्वाधिक संक्रमित ५० देशमा संक्रमणका आधारमा मृत्यु प्रतिशत

  देश संक्रमित मृत्यु मृत्यु प्रतिशतमा
बेल्जियम ५५९८३ ९१५० १६.३४
फ्रान्स १८१५७५ २८१३२ १५.४९
बेलायत २४८२९३ ३५७०४ १४.३८
इटाली २२७३६४ ३२३३० १४.२२
नेदरल्यान्ड्स ४४४४७ ५७४८ १२.९३
स्वीडेन ३१५२३ ३८३१ १२.१५
मेक्सिको ५६५९४ ६०९० १०.७६
स्पेन २७९५२४ २७८८८ ९.९८
इक्वेडर ३४८५४ २८८८ ८.२९
१० क्यानडा ८०१४२ ६०३१ ७.५३
११ रोमानिया १७३८७ ११४७ ६.६०
१२ इन्डोनेसिया १९१८९ १२४२ ६.४७
१३ आयरल्यान्ड २४३१५ १५७१ ६.४६
१४ ब्राजिल २९३३५७ १८८९४ ६.४४
१५ फिलिपिन्स १३२११ ८४२ ६.३७
१६ स्विटजरल्यान्ड ३०६५८ १८९२ ६.१७
१७ अमेरिका १५९३०३९ ९४९४१ ५.९६
१८ इरान १२६९४९ ७१८३ ५.६६
१९ चीन ८२९६७ ४६३४ ५.५९
२० डेनमार्क ११११७ ५५४ ४.९८
२१ पोल्यान्ड १९७३९ ९६२ ४.८७
२२ इजिप्ट १४२२९ ६८० ४.७८
२३ जापान १६३८५ ७७१ ४.७१
२४ जर्मनी १७८५३१ ८२७० ४.६३
२५ अर्जेन्टिना ९२८३ ४०३ ४.३४
२६ पोर्चुगल २९६६० १२६३ ४.२६
२७ अस्ट्रिया १६३५३ ६३३ ३.८७
२८ कोलम्बिया १७६८७ ६३० ३.५६
२९ चेक गणतन्त्र ८७२१ ३०४ ३.४९
३० डोमिनिक गणतन्त्र १३४७७ ४४६ ३.३१
३१ भारत ११२४४२ ३४३८ ३.०६
३२ युक्रेन १९२३० ५६४ २.९३
३३ पेरु १०४०२० ३०२४ २.९१
३४ पनामा ९९७७ २८७ २.८८
३५ नर्वे ८२८१ २३४ २.८३
३६ टर्की १५२५८७ ४२२२ २.७७
३७ दक्षिण कोरिया १११२२ २६४ २.३७
३८ सर्विया १०८३३ २३५ २.१७
३९ पाकिस्तान ४८०९१ १०१७ २.११
४० दक्षिण अफ्रिका १८००३ ३३९ १.८८
४१ इजरायल १६६६७ २७९ १.६७
४२ बंगलादेश २६७३८ ३८६ १.४४
४३ चिली ५३६१७ ५४४ १.०१
४४ रूस ३०८७०५ २९७२ ०.९६
४५ युएई २६००४ २३३ ०.९०
४६ कुवेत १७५६८ १२४ ०.७१
४७ बेलारुस ३२४२६ १७९ ०.५५
४८ साउदी अरेबिया ६२५४५ ३३९ ०.५४
४९ सिंगापुर २९३६४ २२ ०.०७
५० कतार ३७०९७ १६ ०.०४

 


कस्तो लाग्यो ?

यो पनि