चैत १६, २०८०, शुक्रबार
               

१ लाख ३० हजारले गरे कोरोना बिमा

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

कोभिड–१९ लाई लक्षित गर्दै बिमा समितिले ल्याएको कोरोना बिमा पोलिसीमा आकर्षण देखिएको छ । बुधबारसम्म १ लाख ३० हजार बढीले कोरोना बिमा गरिसकेका छन् ।

१ लाख ३० हजार व्यक्तिको बिमाबाट ७ करोड रुपैयाँभन्दा धेरै बिमा शुल्क आर्जन भएको निर्जीवन बिमा कम्पनीहरूका सिईओहरूको संगठन निर्जीवन बिमक संघका अध्यक्ष दीप पाण्डले दिएको जानकारी दिए ।

सामान्यतयास् युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ। यद्यपि, बिमा समितिले नयाँ अभ्यास गर्दै नयाँ पोलिसी जारी गरेको थियो ।समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बिमा गर्न सकिने व्यवस्था बनाएको छ ।

परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ ।

बिमाको अवधि एक वर्ष हुनेछ । बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा बिमा रकम प्राप्त गर्न सकिनेछ ।


कस्तो लाग्यो ?

यो पनि