बैशाख ०८, २०८१, शनिबार
               

नायिका मनिषा कोइरालाको ट्विटप्रति भारतमा आपत्ति

नेपाल फ्ल्यास
जेठ ०७, २०७७

ADVERTISEMENT

नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले गरेको ट्वीटप्रति केही भारतीयहरुले आपत्ति जनाएका छन् । नेपाल सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेपछि नायिका कोइरालाले पनि नेपाल सरकारको यो कदमको समर्थन गर्दै एउटा ट्वीट गरेकी थिइन् ।

मनिषाले आफ्नो ट्वीटमा नेपाल सरकारलाई धन्यवाद दिनुका साथै भारत, नेपाल र चीनको कुरा उठाउँदै भनिन्, ‘सबै तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक छलफलको आशा गर्दछु ।’ उनको यहि ट्वीटको जवाफमा विरोधसहितको कमेन्टको वर्षा भएको छ । उनको पोष्टमा थुप्रै किसिमका कमेन्टहरु आएका छन् ।

कतिले मनिषाले नेपालको समर्थन गरेको भन्दै सामाजिक संजालमा निकै गालीसमेत गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘ल हेर, खान्छे भारतको र गाउँछे अन्तैको राग । यसलाई भारतबाट लखेट् । यसको फिल्म बहिष्कार गर ।’

यस्तै अर्का एक व्यक्तिले लेखेका छन्, ‘अर्की एउटी ‘नमक हराम’ ।’ यस्तै अर्का एक व्यक्तिले मनिषालाई बहिष्कार गर्न माग गर्र्दै लेखेका छन्, ‘भारतबाट आफ्नो पहिचान बनाउने तपाईं यस्तो मुद्दामा भारतको समर्थन गर्नुको साटो नेपालको अवैध मानचित्रको समर्थन गरिरहनुभएको छ रु भारतीय फिल्म उद्योगले तपाईंलाई पर्याप्त चर्चा र पैसा दियो र तपाईंले हामीलाई यो दिनुभयो ?


कस्तो लाग्यो ?

यो पनि