बैशाख १४, २०८१, शुक्रबार
               

प्रिमियर लिग क्लवका ६ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
जेठ ०६, २०७७

ADVERTISEMENT

प्रिमियर लिग क्लवका ६ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार र सोमबार गरेको तीन वटा क्लवको परिक्षणमा ६ जनामा संक्रमण देखिएको बीबीसीले जनाएको हो ।

जुनबाट प्रिमियर लिग सुचारु गर्ने योजनामा रहेको प्रिमियर लिगलाई यो घटनाले थप धक्का पुगेको छ । पोजेटिभ हुने खेलाडी वा स्टाफको नाम भने गोप्य राखिएको छ । प्रिमियर लिगका सात सय ४८ जनाको परिक्षण गरिएको छ । पोजेटिभ देखिएकालाई सात दिनको आइसोलेसनमा राखिएको छ ।

प्रिमियर लिगका क्लवहरुले मंगलबारबाट समूहमा प्रशिक्षण सुरु गरिसकेका छन् । कोरोनाका कारण मार्च १३ तारिखबाट लिग स्थगित रहेको छ । जसका कारण प्रिमियर लिगमा ९२ खेल हुन बाँकी छ ।

प्रोजेक्ट रिस्टार्टको योजना अनुसार प्रिमियर लिग सुचारु गर्ने योजनामा रहेको एफएले यो संक्रमणपछि के निर्णय गर्ने भन्ने सबैको चासो रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि