बैशाख १४, २०८१, शुक्रबार
               

'पाताल लोक'को चर्को विरोध

नेपाल फ्ल्यास
जेठ ०६, २०७७

ADVERTISEMENT

बलिउड अभिनेत्री अनुष्का शर्माले निर्माण गरेको सिरिज 'पाताल लोक' यति बेला नेपालममा पनि निकै चर्चामा छ । तर, नेपालमा यसको सकरात्मक होइन, नकरात्मक टिप्पणी भइरहेको छ । 

यस सिरिजमा नेपाली महिला पात्रमाथि आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै यसको चर्को विरोध भइरहेको छ । नेपाली नायिका तथा महिला अधिकारवादीहरुले यसको घोर भत्सना गरिरहेका छन् । 

विरोध मात्र होइन नेपाली महिलाको आत्मसम्मानमा आँच पुर्याएको भन्दै अभिनेत्री अनुष्का शर्मा विरुद्ध मुद्दा दर्ता गरिएको छ । प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले अनुष्काविरुद्ध मानव अधिकार आयोगमा मुद्दा दर्ता गरेको हो । 

सिरिजबाट उक्त दृष्य हटाउनु पर्ने र अनुष्का साथै प्रकाशन कम्पनी अमेजन प्राइमले पनि माफी माग्नुपर्ने माग गर्दै मुद्दा दर्ता गरिएको छ ।

भारतमा भने पाताल लोकलाई खुबै तारिफ मिलेको छ ।


कस्तो लाग्यो ?

यो पनि