बैशाख १२, २०८१, बुधबार
               

अर्जुनको 'क्रन्दन'मा मजदुरको पिडा

नेपाल फ्ल्यास
जेठ ०६, २०७७

ADVERTISEMENT

लकडाउनका कारण समस्यामा परेका मजदुरको कथामा छोटो चलचित्र निर्माण भएको छ । 'क्रन्दन' नाम दिइएको उक्त छोटो चलचित्रलाई अर्जुन तिवारीले निर्देशन गरेका छन् । 

यस चलचित्रको कथा, छायांकन तथा सम्पादन पनि निर्देशक तिवारीले नै गरेका हुन् । 

अहिले मजदुरहरुले भोग्नु परेको समस्यालाई छोटो चलचित्रमार्फत् भन्न चाहेको निर्देशक तिवारीले बताए । उनले भने, 'लकडाउका कारण मजदुरहरु निकै समस्यामा परेका छन् । उनीहरुले सरकारले दिएको राहतले यत्रो समय धान्न गाह्रो भएको छ । अहिले उनीहरुको अवस्था नाजुक छ । त्यसैले यो चलचित्रबाट सरोकारवालाहरुको ध्यानाकर्षण गर्न सकिन्छ कि भनेर तयार गरेको हुँ ।'

'क्रन्दन'मा कलाकार राज न्यौपानेलाई मात्रै फिचर गरिएको छ । चलचित्रमा बिजय बराल, सन्दिप क्षेत्री, प्रमिला खनाल, नरेन्द्र बराल, प्रान्श तिवारी, प्रिन्शु तिवारी, अभिनित चौलागाईं लगायतले आवाज दिएका छन् ।

अभिनेता पल शाह चलचित्रको अन्तिममा अतिथि भूमिकामा प्रस्तुत भएका छन् ।

कोरोनाका कारण विश्व त्रसित छ । धेरै देशहरु लकडाउनको अवस्थामा छन् । नेपाल पनि झण्डै २ महिनादेखि लकडाउनको अवस्थामा छ । 

अहिले दैनिक ज्यालामजदुरी गरेर छाक टार्ने मजदुरलाई निकै ठुलो समस्यामा परेका छन् । लकडाउन बढ्दै उनीहरुमा झनै समस्या थपिएको छ । सोही समस्यामा परेका मजदुरको कथालाई छोटो चलचित्र 'क्रन्दन'मा देखाइएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि