चैत १६, २०८०, शुक्रबार
               

धुुर्मुस–सुन्तलीको ‘लिपुलेक’

नेपाल फ्ल्यास
जेठ ०६, २०७७

ADVERTISEMENT

हास्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले लक डाउनपछि विभिन्न चेतनामुलक भिडियो सार्वजनिक गरिरहेका छन् । उनीहरूले, कोरोनापछिको अवस्थालाई समेटेर तयार पारेको भिडियो राम्रो प्रभाव पनि पारिरहेको छ ।

उनीहरुले ‘लिपुलेक र नालापानी हाम्रै हो’ भन्दै एक नयाँ भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक भिडियोमा छिमेकीले जग्गा मिचेर बाटो बनाएको तर नेपालका नेताहरुले कुनै पनि कदम चाल्न नसकेको कुरालाई उल्लेख गरिएको छ ।

भिडियोमा धुर्मुसको नयाँ गेटअप देख्न सकिन्छ । भिडियोले नेताले नसके जनता आफैँले नेपालको जमिन फिर्ता ल्याउन सक्छन् भन्ने भाव पस्केको छ ।

सुदिप बरालको छायांकन र सम्पादनमा तयार भएको यो भिडियोमा सिताराम र कुञ्जनाले नै निर्देशनको जिम्मा सम्हालेका छन् । नेपालको भूमि मिचेर भारतले बाटो बनाएपछि देशभित्र यसको सर्वत्र विरोध भैरहेको छ । सरकारले लिपुलेक समेटेर नेपालको नक्शा जारी गर्ने बताइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि