बैशाख १३, २०८१, बिहीबार
               

'कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो भूभाग हो, फिर्ता लिएरै छोड्छौं'
सरकार कुनै देशको आशिर्वादले बनेको होइन, कसैले ढाल्न सक्दैन : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
जेठ ०६, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको बताएका छन् । प्रतिनिधिसभामा मङ्गलवार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले लिम्पियाधुरासहितको नक्सा देखाउनका लागि मात्र जारी नगरिएको बताए । ‘यो कुनै तमासा गरिएको होइन, देखाउनका लागि मात्र गरिएको होइन’ उनले भने ‘यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो ।’

प्रधानमन्त्रीले तथाकथित राष्ट्रवाद देखाउन नक्सा जारी नगरिएको पनि स्पष्टीकरण दिए । ‘तथाकथित राष्ट्रवाद बोल्ने अभ्यास र प्रचलन देखिआएको भोगिआएको समयमा त्यस्तो आकलन गर्नु पनि अनौठा होइन’ उनले भने ।

ओलीले भने ‘नयाँ नक्सा प्रकाशित गरेका, लिम्पियाधुरा, कालापानीको बारेमा आवाज उठाएको प्रसङ्गमा हो या अरू प्रशयमा तथाकथित राष्ट्रवाद भनी नामकरण गरिएको विशेषण दिइएको म सुन्दै छु, म साथीहरूलाई आग्रह गर्दछु, नेपाल जस्तो देशले दुई वटा ठुला बलिया देशहरूको बिचमा छ, यस्तो देशले तथाकथित राष्ट्र बाधको बाटो वा लम्पसार वादको बाटो वा राष्ट्रवाद नहुने बाटो समाउनु हुँदैन ।’

सरकार कुनै देशको आर्शिबादले बनेको होइन, कसैले ढाल्न सक्दैन 

आफू नेतृत्वको सरकार कुनै पनि देशको आर्शिवादबाट नबनेको भन्दै प्रधानमन्त्री ओलीले कुनै पनि देशले ढाल्न नसक्ने जिकिर गरे । ओलीले चिनियाँ राजदूतले आफ्नो सरकार बचाएको भनेर ‘निम्छरा’ बयान नदिन समेत चेतावनी दिए । अध्यादेश प्रकरणसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक वा दुबै पद त्याग्नुपर्ने माग चर्किएको थियो । तर ओली पार्टी सचिवालयमा आफ्नो पक्षमा बहुमत पु¥याउन सफल भएका छन् र, तत्कालका लागि त्यो खतरा टरेको छ । तयसैप्रति लक्षीत गर्दै ओलीले त्यस्तो चेतावनी दिएका हुन् । ‘हामी कहिले कहिले सुन्न पाउँछौँ, जानीजानी लाग्या थियो, फलानो देशको राजदूतले भूमिका खेलेर फेरि हटाइदियो, अहिलेको सन्दर्भमा नेपालको स्वाभिमानमाथिको यस्ता खालका कमजोर निम्छरा बचनहरू कुनै पनि देशले नबोल्दिए हुन्थ्यो ,’ ओलीले भने ‘यो सरकार नेपाली जनताले बनाएको हो, नेपाली जनताबाट निर्वाचित हो । कुनै पनि देशको आर्शिवादबाट बनेको, बन्ने, टेक्ने, टेकिने, अडिने ढल्ने, ढालिने कल्पना नगरे हुन्छ ।’

विगतमा मन्त्रिपरिषद् बैठकमा अर्को देशको राजदूत उपस्थित गराएर बैठक गरिएको परम्परा सम्झँदै ओलीले अव भने पराधीन मनस्थिति छाड्नुपर्ने जोड दिए । नेपालीले स्वाधीनताको परिकल्पना गर्न नसक्ने परिस्थिति हुन नहुने पनि प्रधानमन्त्री ओलीले जोड दिए । ‘यथार्थमा भन्नुपर्दा राणासासनको समाप्तिको अलि पछि एकापट्टिको छिमेकीको सेना अर्को पट्टीको लगेर राख्ने, मन्त्रिपरिषद् बैठकमा अर्को देशको राजदूत उपस्थित गराएर बैठक गर्ने अशोभनीय काम विगतमा गरिए,’ ओलीले भने ‘अब भने राष्ट्रियता कोर हुने, अभिमान निहुरिने,  हामीले स्वाधीनताको परिकल्पना गर्न नसक्ने परिस्थिति हुनुहुँदैन ।’

कुनै देशको भूगोल ठुलो वा सानो हुने भएपनि स्वाधिनताको प्रयोग बराबर गर्न पाउने प्रधानमन्त्री ओलीले बताए । ‘हुनसक्छ, जनसङ्ख्या ठुलो वा सानो हुनसक्छ, विकासमा अगाडि या पछाडि हुन सक्छ, तर राष्ट्रियता सानो या ठुलो हुँदैन । सबै राष्ट्रले बराबरीको हैसियत राख्दछ । सबै राष्ट्रहरूले बराबर स्वाधीनताको प्रयोग गर्न पाउँछ ’ उनले भने ।

यो पनि