बैशाख ०८, २०८१, शनिबार
               

लकडाउन आतङ्क र धरातलीय यथार्थ

ADVERTISEMENT

देशमा आतङ्क मच्चाउने, नागरिक अधिकार खोस्ने तथा नागरिकलाई जहाँ भेट्यो त्यहीँ मारिहाल्ने अस्त्र बनेको छ यो लकडाउन । लकडाउनजस्तो खतरनाक अस्त्रलाई जबरजस्ती प्रयोग गरेर आफ्ना अभीष्ट पूरा गर्न नेतृत्व एकमत देखिन्छ । लकडाउनलाई सशक्त र संस्थागत गर्न-गराउन सरकारको रवैया हेर्दा यस्तो भान हुन्छ कि, मानौँ आफ्नो सम्पूर्ण राज्य नै गुम्दै गरेको होस् ।

सरकार चलाउनेहरूका लागि त लकडाउन 'ढुंगा खोज्दा देउता उपहार' बनेको छ । प्रतिपक्षी दल, जसको सम्पूर्ण कमाइमा आधा हिस्सा लाग्ने भएकाले पनि यसमा राष्ट्रिय सहमति गरेजस्तै देखिन्छ । यिनका भ्रातृ सङ्गठन त स्वाभाविकै लाग्ने भइहाले । मूलधारका सञ्चारमाध्यम लकडाउन लागू गराउन उद्यत देखिन्छन् । जसका कारण देशको सम्पूर्ण उद्योगधन्दा, कलकारखाना, व्यापार–व्यवसाय, खेतीपाती बन्द गराइ खर्बौँको नोक्सानी भइसकेको छ ।

हाल विश्वमा कोरोनाका कारण मृत्यु भएका तीन लाख मानिसलाई आधार मान्दै अन्तहीन लकडाउन कायम गर्ने हो भने यो कोरोनाको पाँच महिने अवधिमा कोरोनाबाहेकका अन्य भाइरसबाटै करिब ८० लाख मानिसको मृत्यु भएको देखिन्छ ।

कोरोनाको सन्त्रासलाई व्यापक रूपमा स्थापित गर्ने क्रममा ‘यसले विश्वको आधा जनसङ्ख्या अर्थात् करिब ३७५ करोड सखाप गर्छ’ भनी छिटोभन्दा छिटो लकडाउन गर्न बाध्य पारियो । तर यथार्थमा अहिलेसम्मको मानिसको स्वास्थ्यमा पारेको प्रभावका हिसाबले यो धेरै ठुलो झुट र अपराध सावित भइसकेको छ । हाल विश्वमा कोरोनाका कारण मृत्यु भएका तीन लाख मानिसलाई आधार मान्दै अन्तहीन लकडाउन कायम गर्ने हो भने यो कोरोनाको पाँच महिने अवधिमा कोरोनाबाहेकका अन्य भाइरसबाटै करिब ८० लाख मानिसको मृत्यु भएको देखिन्छ । के अब सम्पूर्ण ब्रमाण्डलाई नै लकडाउन गर्ने त ? यस्ता खालका तर्कहीन विषयबस्तुलाई समर्थन र साथ दिनु भनेको आफ्नो विवेकलाई नै बन्धक बनाउनु हो ।

विश्वभर मूलधारका सञ्चारमाध्यमले प्रेषित गरेका कोरोना सन्त्राससम्बन्धी सामग्री हेर्दा यस्तो प्रतीत हुन्छ कि, सात समुद्रपारि रकेट मिसाइल जस्तैगरी आक्रमण गर्नसक्ने कोरोनाले चीनको झन्डै १४४ करोड जनसङ्ख्या भएको ठाउँमा एकछत्र ५० करोड मानिसको ज्यान लिनुपर्ने, जहाँ लकडाउन पनि थिएन । त्यहाँ झन् सजिलै मार्न सक्थ्यो तर त्यहाँ पाँच हजारभन्दा कमले ज्यान गुमाएको यथार्थ हाम्रो सामु छ । विश्वमा करोडौँ मानिसको ज्यान जाने त्रास देखाएर लकडाउन गर्न बाध्य पारी सन्त्रास र आतङ्कको डरले अस्पतालका नर्स एवं डाक्टरलगायत मन्त्रीसमेतले आत्महत्या गरेका छन् ।

अमेरिकाका कैयौँ राज्यहरूमा लकडाउनविरुद्ध हजारौँ नागरिक सडकमा हतियारसहित प्रदर्शनमा उत्रिएका छन् । ब्राजिल, जर्मनीलगायत विश्वका विभिन्न देशमा लकडाउनमात्र नभई कोरोनाको नाममा लादिएको मास्कलगायत सम्पूर्ण प्रतिबन्धविरुद्ध प्रदर्शन भएका छन् । कोरोना महामारी एवं लकडाउन मानवमात्रको विनाश गर्ने खतरनाक षड्यन्त्र हो भन्ने कुरा प्रमाणित भइसकेको छ ।

नेपालका स्वास्थ्यसम्बन्धी विज्ञहरूको बारम्बारको भनाइअनुसार यो कोरोनाले केही बिगार्न सक्दैन । कोरोनाको नाममा आतङ्क र सन्त्रास फैलाइएको भनेर जानकारी दिँदा/गराउँदा जापानबाट भाइरोलोजीमा पीएचडी गरेर महिनाको लाखौँरूपैयाँ कमाउन सक्ने अवसरलाई त्यागी देशको सेवा गर्न महिनाको ३५ हजारमा राजी भएर अपुग खर्च आफ्ना वृद्ध बुबासँग मागेर चलाउने गरी फर्किएका महान् व्यक्तित्व डाक्टर शेरबहादुर पुनलाई पुरस्कृत गर्नुको सट्टा उल्टो कारबाहीसम्म गर्न खोजेको देख्दा सरकारको चरित्र उदाङ्गिएको छ ।

जबरजस्ती लादिएका लकडाउन, क्वारिन्टाइन, डाइग्नोसिस किट्स, मास्क, सेनिटाइजर, एनिमेटेड कोरोना आक्रमण, मोबाइल रिङटोनमा कोरोना प्रचार यी सबैले मानव स्वास्थ्यलाई प्रत्यक्षरूपमा प्रतिकूल असर पारिरहेको कुरा नेपालका लोकल मिडियालगायत विश्वका विभिन्न मिडियाले भण्डाफोर गरिसकेका छन् । तर पनि यस्ता क्रियाकलापका माध्यमबाट यी अमानवीय प्रयोगहरू जबरजस्ती लागू भइरहेका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लकडाउनको नाममा नागरिकलाई दिइएको पाशविक यातनाविरुद्ध संसद् हलमा कडा निन्दा गर्दै सरकारलाई मानव नभएर दानव भएको घोषणा गरेका छन् ।

देशभित्र घरमा बस्न पाएकाहरू पनि विभिन्न मानसिक चिन्ता, डर–त्रास, डिप्रेसन र तनावका कारण भित्रभित्रै पिल्सिएर कैयौँले आत्महत्या गरिसके तथा अस्पतालको सेवा नपाएर वा भर्ना नै नलिएर कतिपयले सडकमै मृत्युवरण गरेका छन् ।

नेपालकै चर्चित इटहरी नगरपालिकाका मेयर द्वारिकालाल चौधरीले ‘लकडाउन त गर्‍यौ तर बाँच्नका लागि रोजीरोटीको व्यवस्था खै ! र जनतालाई भोकै मार्ने' भन्दै प्रधानमन्त्री, आपूर्तिमन्त्री र अन्य मन्त्रीहरूलाई हतकडी लगाउँदै जेल कोच्नुपर्ने खुलेआम घोषणा गरिरहेका छन् ।

‘लकडाउनले ७७ जिल्लाका सिडिओहरूलाई टाकुरे राजा, ७ प्रदेशका मुख्यमन्त्रीहरूलाई राजा एवं प्रधानमन्त्री एवै गृहमन्त्रीलाई महाराजा बनाएको छ भने जनतालाई दुःख दिने मात्र काम भएको छ’, नेकपाका सांसद गजेन्द्र बहादुर महतले भनेका छन् ।

भारतको गुजरात राज्यमा काम गर्दै आफ्नी आमा गुमाएका मदन गिरीले आफ्नी आमाको प्रदेशमा बसेर अन्तिम क्रिया कर्म गर्दै भनेका छन्- ‘यहाँको पञ्चमाल जिल्लाले घर फर्किनका लागि आवश्यक कागज दिए पनि नेपाल सीमाना रूपैडिहामा नेपाल सरकारले आफ्नो १३औँ दिनको आमाको अन्तिम कर्म आफ्नो घरमा गर्न वञ्चित गरी सीमानामै रोकिराखेको छ ।’

कन्चनपुरमा हजारौँ महिलाले सीमानामा नेपालीहरूमाथिको अत्याचार सहन नसकी सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय नेताको घर घेरेका छन् । सांसद प्रकाश रसाइलीले ‘लकडाउनको नाममा जनता मारेर सरकार चाहिँ मोजमस्ती गर्दै देशको सम्पत्तिमाथि ब्रह्मलूट मच्चाउने’ भन्दै राष्ट्रपति, प्रधानमन्त्रीलगायत सम्पूर्ण सरकारको कडा विरोध गर्दै कसैलाई नछोड्ने भन्दै सरकारको सातो जाने गरी संसद् हल नै थर्कमान बनाएका छन् ।

नेपालकै विद्वान एवं प्रखर वक्ता सांसद प्रदीप गिरीले लकडाउनका नाम भइरहेको पाशविक एवं दानवीय आचरणको अति सभ्य भाषामा मुटु चिर्ने गरी सिधै सरकार प्रमुखलाई लक्षित गर्दै ‘जनतालाई भोकभोकै मार्दै आफू देशको सम्पत्तिमाथि ब्रह्मलूट गर्न लिप्त हुने र फेरि उही चलिरहेको राष्ट्रवादी नामको कार्ड फ्याँकेर जनता बेवकुफ बनाउने धन्दा बन्द गर’ भन्दै लकडाउनको घोरे विरोध र भर्त्सना गरेका छन् ।

जनता आक्रोशित भएर सरकारप्रतिको दृष्टिकोण विचार गर्दा वर्तमान सरकारविरुद्ध आन्दोलन त के क्रान्ति नै हुने स्थिति देखिएको छ । आक्रोश स्थानीय स्तरदेखि लिएर संघीय सरकारप्रति भड्किँदै छ । राजनीतिक पार्टीका नेता, सांसद र जनप्रतिनिधिहरू कुटिने क्रम बढ्दो छ । पार्टीका कार्यकर्ताहरूले त राहत पाएका छन् । विपन्न वर्ग र निमुखाहरूले चाहिँ राहत कहिले पाउँछन् ? वडाध्यक्ष, मेयर, सांसद, जनप्रतिनिधि र त्यसका आसेपासेहरूको लागि भट्टी खुलेकै छन् । गाडी चलेकै छन् । जनताको घर, पसल खुल्ने वातावरण कहिले बन्छ ? जनताको ध्यान अन्यत्र मोड्न सबै सत्तासीन पार्टीहरूलाई उही पुरानो राष्ट्रवादी कार्डको नाममा दशकौँदेखि चल्दै आएको भारतसँगको सीमा विवादले ठाउँ बनाइदिएको  छ । यसमा सबैले आ–आफ्नो सरकार बनाएका बेला अनुमोदन गरेकै हुन् । यसले गर्दा सरकार र जनप्रतिनिधिहरूतिर मोडिएको आक्रोश एकाएक छिमेकी राष्ट्रहरू वा अदृश्य तत्त्वहरूतिर मोडिन गएको छ । यसबाट सरकारलाई फाइदै भएको छ ।

वास्तविक तथ्याङ्कले प्रश्रय पाउनका लागि हामी सबै जिम्मेवार नागरिक लाग्नुपर्ने देखिन्छ । नकारात्मक र भयावह चित्रणमात्र सम्प्रेषण गरिएका विषयवस्तुलाई दुरुत्साहित गर्न जरुरी छ । अपवादबाहेक सरकार, विश्व स्वास्थ्य सङ्गठन एवं विज्ञहरूले यस किसिमको अति संवेदनशील अवस्थामा आ–आफ्ना अध्ययन र विचारहरूको दायरा फराकिलो गर्नै पर्छ ।

लकडाउनको नाममा आफ्नै देशभित्र छिर्न प्रतिबन्ध लगाई सीमामा नेपाली नागरिकले भोगिरहेका असह्य पीडा सहन नसकेपछि भिडियोमार्फत् सुदूरपश्चिमका सम्पूर्ण स्थानीय जनप्रतिनिधिलगायत मुख्यमन्त्री त्रिलोचन भट्टलाई एउटा सुदूरपश्चिम युवा जमातले ‘अब कसैलाई नछोड्ने’ भन्दै खुलेआम चेतावनी दिएका छन् ।

वैदेशिक रोजगारीबाट स्वदेश फर्किन चाहने हजारौँ जनताको उद्धार गर्नु त कहाँ हो कहाँ, झनै मुस्किलले ज्यान जोगाएर स्वदेश भित्रिसकेकाहरूलाई समेत कुनै ठुलो दुस्मनलाई जस्तो लखेटेर निमुखा नागरिकमाथि गरिएको अत्याचारका दृश्यहरूले भावविह्वल बनाएको छ । देशभित्र घरमा बस्न पाएकाहरू पनि विभिन्न मानसिक चिन्ता, डर–त्रास, डिप्रेसन र तनावका कारण भित्रभित्रै पिल्सिएर कैयौँले आत्महत्या गरिसके तथा अस्पतालको सेवा नपाएर वा भर्ना नै नलिएर कतिपयले सडकमै मृत्युवरण गरेका छन् ।

यो प्रवत्तिबाट कैयौँको ज्यान जाने निश्चित भइसकेको छ । मानसिक रोगीको संख्या दिनानुदिन बढ्दो क्रममा छ । अर्बौँ विदेशी ऋण स्वाहा भएको छ । आफ्ना आपराधिक रेकर्ड भ्रष्टाचारका फाइल सबै नष्ट गर्ने र आफ्ना विरोधीहरूलाई फसाउने सुवर्ण अवसरका रूपमा यो सरकारलाई साँच्चिकै लकडाउनको चिठ्ठा परेको छ ।

कोरोनाले सङ्क्रमित व्यक्ति कुनै आतङ्कवादी हैनन् । भ्रष्टाचारी या देशद्रोही होइनन् । अर्को कुरा, कोरोना त एउटा सामान्य भाइरस हो । योभन्दा हजारौँ गुणा खतरनाक भाइरसले पनि हाम्रो केही बिगार्न सक्दैन । जबसम्म हाम्रो मन बलियो हुन्छ । कोरोना भाइरसलाई भयङ्कर खतरनाक भनेर एउटा भयावह स्थिति विश्वभर फैलाइएको छ । त्यो सबै झुटो समाचार र षड्यन्त्रको भण्डाफोर गर्दै अब सबैजसो लकडाउन गरिएका देशहरू खुल्दै सामान्य अवस्थामा आइसकेका छन् र कोही आउँदै पनि छन्।

कुनै मानिस बिरामी भएपछि त्यसलाई गर्ने व्यवहार यही हो त ? केही नभएको मानिसलाई कोरोना लाग्यो भनेर सारा सन्त्रासको माहौल बनाएपछि कतिपय तन्दुरुस्त मानिस पनि बिरामी हुने गर्छन् । मानिस त्यसै मरिहाल्छ नि । बिरामीलाई खुल्ला शुद्ध हावा र घामको सम्पर्कमा राख्ने, हौसला दिने, माया गर्ने गर्नुपर्छ । तर बिरामीमाथि गरिने घृणा र अपमानले मनोबल कमजोर भई मृत्युको मुखतिर धकेलिदिन्छ ।

अहिलेको मुख्य समस्या भनेको लकडाउन हो । मान्छे मार्ने लकडाउन हटाएर जनतालाई पहिले राक्षसको पन्जाबाट मुक्त गराएपछिमात्र तपशीलका कुराहरूको प्राथमिकता क्रममा उठान गर्नुपर्ने हुन्छ । पहिलो लडाइँ आफ्नै सरकारसँग छ अनि भारतसँग लड्न किन जाने ? कोरोनाको कारणले नभई लकडाउनकै कारणले प्रत्यक्ष रूपमा आतङ्क मच्चाइरहेकाबेला कोरोनाको विषयमा सूक्ष्म अध्ययन गरी अलि चनाखो र चेतनशील हुन जरुरी छ।

अन्त्यमा, कोरोनाबाट पीडित भएका, मरेका डरलाग्दा विषयवस्तुहरूको समाचार बनाई भन्न, देखाउन र सुन्न चाहने माइन्ड सेट गराई कोरोनाको सन्त्रासको यो बृहत् खेलले मानव मस्तिष्कमा ठुलो असर पारेकोमा यसबीच कोरोना भाइरससँगको लडाइँमा सजिलै अद्‍भुत सफलता प्राप्त गरेका विषयवस्तुले ठाउँ पाउने र चर्चाको विषय हुने वातावरणको सिर्जना गर्नु जरुरी छ । उदाहरणका लागि यो सामग्री तयार गर्दा विश्वभर कुल ४८ लाख ८३ हजार ५९९ सङ्क्रमितमध्ये १९ लाख १ हजार ९४० मानिसहरू विनाऔषधि ठिक भएर घर फर्किसकेका छन् । जम्मा ३ लाख २० हजारमात्र मृत्यु भएको छ । बाँकी सङ्क्रमित २६ लाख ६१ हजार ९६० पनि २६ लाख १७ हजार २०८ सजिलै ठिक भएर घर फर्किनेवाला छन् । ४४ हजार ७५२ मात्र अलि जटिल अवस्थामा छन् । उनीहरूलाई पनि राम्रो उपचार दिन सके धेरैजसोलाई बचाउन सकिन्छ ।

लकडाउन नगरेकोमा जापानलाई पनि धेरै धम्की आएकै हो । तर जापान, कोरियालगायत २२ राष्ट्रहरूले सम्पूर्ण मानिसहरूको ज्यान जाने धम्कीका बाबजुद पनि लकडाउन नै नगरी जनजीवनलाई सामान्यीकरण गरेर सुरक्षित भएका छन् । यी लकडाउन नगरेका २२ राष्ट्रहरूको जनसङ्ख्या करिब ३० करोड छ भने मृत्यु सङ्ख्या जम्मा ५ हजार १३८ मात्र छ । तर, सबैभन्दा कडा लकडाउन गरिएको राष्ट्र इटालीमा मात्र मृत्यु हुनेको सङ्ख्या ३१ हजार ९०८ पुगिसकेको छ, जसको जनसङ्ख्या करिब ६ करोड मात्र छ । जबकि, लकडाउन गरिएका विश्वका शक्तिशाली राष्ट्र अमेरिका, जर्मनी, फ्रान्स, बेलायत, स्पेन र इटालीको जनसङ्ख्या जोड्दा करिब ६५ करोड मात्र छ । यी ६ वटा देशमा मात्र २ लाख २२ हजार ७३१ बढीको मृत्यु भएको छ ।

कोरोनाको जोखिमका लागि गरिने लकडाउन भन्ने अस्त्र सबैभन्दा ठुलो झुट र गलत कुरामात्र नभई आतङ्कवादी क्रियाकलाप हो भन्ने सजिलै प्रमाणित भइसकेको छ । यस्ता वास्तविक तथ्याङ्कले प्रश्रय पाउनका लागि हामी सबै जिम्मेवार नागरिक लाग्नुपर्ने देखिन्छ । नकारात्मक र भयावह चित्रणमात्र सम्प्रेषण गरिएका विषयवस्तुलाई दुरुत्साहित गर्न जरुरी छ । अपवादबाहेक सरकार, विश्व स्वास्थ्य सङ्गठन एवं विज्ञहरूले यस किसिमको अति संवेदनशील अवस्थामा आ–आफ्ना अध्ययन र विचारहरूको दायरा फराकिलो गर्नै पर्छ । विवेकको प्रयोग गरी बाचौँ र बचाऔँ । सचेत बनौँ । चेतना भया ।

लेखक कर्णबहादुर शाही पाणिनि स्कूलका प्रिन्सिपल हुन् । डा. पूर्ण शाही प्राकृतिक चिकित्सक हुन् ।

कस्तो लाग्यो ?

यो पनि