बैशाख १२, २०८१, बुधबार
               

संसदमा आज प्रधानमन्त्रीले जवाफ दिने

नेपाल फ्ल्यास
जेठ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ दिने भएका छन् । संसद बैठक मध्याह्न १२ बजे बस्नेछ ।

प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथिको छलफल सकिनेछ । नीति तथा कार्यक्रममाथि बिभिन्न राजनीतिक दलका तर्फबाट सात वटा संशोधन प्रस्ताव परेको छ ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिइसकेपछि संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ ।

त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ ।

यसैबीच, नीति तथा कार्यक्रममाथिको छलफलमा सत्ता पक्ष र प्रतिपक्ष दलका गरी १ सय १० जना सांसदले धारणा राखे ।

नीति तथा कार्यक्रमको सत्ता पक्षका सांसदले राम्रो भएको भन्दै बचाउ गरेका छन् भने प्रमुख प्रतिपक्ष दलका विपक्ष दलका सांसदले कोरोनाविरुद्ध लिनुपर्ने विषय नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै आलोचना गरेका छन् । 

कोरोना भाइरसका कारण यस वर्ष नीति तथा कार्यक्रममाथि दुई दिन मात्र छलफल भयो ।

सबै सांसदले बोल्न पाउनुपर्ने माग गरे पनि विषम परिस्थितका कारण भन्दै सभामुख अग्नि सापकोटाले दलीय आधारमा प्रमुख सचेतकले दिएको नामावलीअनुसार सांसदहरूलाई बोल्न दिइएको थियो । 

यो पनि