बैशाख १३, २०८१, बिहीबार
               

भारतमा अलपत्र नेपालीलाई सहयोग

नेपाल फ्ल्यास
जेठ ०५, २०७७

ADVERTISEMENT

लकडाउनको कारण भारतको विभिन्न सहरहरूमा अलपत्र परेकाहरूलाई राप्रपाको प्रवास विभागको पहलमा उद्धार गरिएको छ ।

खाद्य सङ्कट झेलेका नेपालीहरूलाई प्रवास विभागको पहलमा उद्धार तथा खाद्यान्न उपलब्ध गराउन पहल गरेको हो । भारतमा रहेको दाताहरूको सहयोग लिई विभागले अलपत्र परेका नेपालीहरूलाई खाद्यान्न, मेडिकल कीटलगायत अन्य सहयोग पुर्‍याउन सुरु गरेको छ ।

यसै सिलसिलामा सिलिगुडीमा अलपत्र परेका नेपाली विद्यार्थीहरूलाई राप्रपा केन्द्रीय सदस्य राजाराम बर्ताैलाकाे आग्रहमा हेटौँडालगायतका मुलुकको विभिन्न जिल्लाका ५३ विद्यार्थीलाई दुई सातादेखि खाना र मेडिकल सामान उपलब्ध गराइएको छ । यो सहयोग लकडाउन नखुलुन्जेलसम्मका लागि गरिने विभागले जनाएको छ ।

यसका लागि सिलिगढीका भानुभक्त सेवा समितिमार्फत राजेश मण्डल, शिवु क्षेत्रीलगायतले सहयोग गरेका छन् । त्यस्तै महाराष्ट्रको पुणेमा अलपत्र परेका दैलेखलगायत पश्चिमका नागरिकलाई राप्रपा नेतृ पूर्व मन्त्री कुन्तीकुमारी शाही तथा पुणे निवासी नेत्रबहादुर शाहीकाे आग्रहमा पुणे निवासी व्यवसायी परिवार आज सोमबार करिब ५ दर्जन नेपालीहरूलाई खाद्यान्न सहयोग गरिएको छ ।

यी सबै कार्यको व्यवस्थापन प्रसिद्ध हेयर स्टाईलिस्ट व्यवसायी निलडेविट कटुवालको अगुवाइमा भएको राप्रपा प्रवास सम्बद्ध नेता विजय खड्काले जानकारी दिए । उनले भारतको अन्य सहरहरूमा खाद्य सङ्कट झेलेका प्रवासी नेपालीहरूकाे सूचना आइरहेको र समस्या समाधान गर्दै जाने प्रयास भइरहेको बताए ।

प्रवास भारतमा रहेका लाखौँ नेपाली नेपाल आउने वातावरण तयार गर्न उनले मागसमेत गरेका छन् । प्रवासमा रोजगारी गुमाएर नेपाल फर्कने नागरिकलाई उचित व्यवस्थापन, आर्थिक, शैक्षिक, स्वास्थ्यलगायतको परामर्श दिन राप्रपा प्रवास विभागले विज्ञहरूको हेल्प डेस्क राख्ने सोचाइ रहेको पनि जानकारी खड्काले दिए ।


कस्तो लाग्यो ?

यो पनि