बैशाख ०७, २०८१, शुक्रबार
               

‘नेयमारभन्दा एम्बाप्पे उत्कृष्ट’

नेपाल फ्ल्यास
जेठ ०५, २०७७

ADVERTISEMENT

युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका कप्तान लियोनल मेसीको सन्यासपछि फुटबलमा फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेको युगको सुरु हुने युभेन्टसका डिफेन्डर जर्जियो चिलिनीले बताएका छन् । 

उनले २१ वर्षीय एमबाप्पेले आफ्ना टोली सहकर्मी नेयमारलाई यसअघि नै पछि पारिसकेको बताए । नेयमार सन् २०१७ मा स्पेनिस ला लिगा क्लब बार्सिलोनाबाट विश्व कीर्तिमानी २२२ मिलियन युरोमा पीएसजी पुगेका थिए । 

जर्जियोले भने, “मलाई लाग्छ कि एम्बाप्पे नेयमारको तुलनामा उत्कृष्ट छन् । अबको भविष्य एमबाप्पेको हो,”  उनी साँच्चिकै अद्वितीय खेलाडी हुन् । पहिलोपटक मैले उनलाई च्याम्पियन्स लिग २०१६–१७ मा म्यानचेस्टर सिटीविरुद्ध मोनाकोबाट टेलिभिजनमा खेलिरहेको देखेको थिएँ । उनी धेरै प्रभावशाली थिए । हाल उनी २१ वर्षका छन् र उनी पहिले नै विश्व च्याम्पियन भइसकेका छन् ।”  

एमबाप्पेले यस सिजन पीएसजीलाई एक थप लिग वान उपाधिका लागि महत्त्वपूर्ण भूमिका खेलेका छन् । जसले लिगका २० खेलमा १८ गोल गरेका थिए । उनलाई लिगको शीर्ष स्कोररकर्ता समेत घोषणा गरेको थियो । तर, उनले उक्त पुरस्कार मोनाकोका विसम बेन येडेरसँग साझेदारी गर्ने प्रस्ताव गरेको छन् ।

उनले यस सिजनमा पीएजीलाई च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा सुरक्षित गर्न ठूलो योगदान गरे ।


कस्तो लाग्यो ?

यो पनि