बैशाख १२, २०८१, बुधबार
               

सांसद अपहरण प्रकरण : अपहरण पुष्टि नभएको निष्कर्ष

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । महोत्तरीबाट समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई दुई सांसद र पूर्वप्रहरी महानिरीक्षकले काठमाडौं ल्याएको घटनालाई ‘अपहरण’ भन्न नमिल्ने प्रहरीले निष्कर्ष निकालेको  छ । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा सत्तारुढ दलका दुई सांसद महेश बस्नेत र किसान श्रेष्ठले सांसद यादवलाई अपहरण तथा शरीर बन्धकको कसुर गरेको पुष्टि हुने पर्याप्त प्रमाण नभेटिएको प्रहरीको भनाइ छ ।अपहरण पुष्टि नहुने भएकाले मुद्दा चलाउन नपर्ने राय प्रहरीको रहेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा उक्त जाहेरीमाथि अनुसन्धान हुँदा अपहरण तथा शरीर बन्धकको कसुर पुष्टि नहुने भएकाले मुद्दा चलाउन नपर्ने राय दिएको सरकारी वकिल कार्यालयका एक अधिकारीले बताए । उने भने, ‘सरसर्ती राय हेर्दा जबरजस्ती, बल प्रयोग भएको दाबी प्रमाणसहित पुष्टि नभएकाले अपहरण भन्न नमिल्ने भन्ने निष्कर्ष छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंका सहायक जिल्ला न्यायधिवक्ता नुमराज खनालले अध्ययनको क्रममा रहेको बताए । स्रोतका अनुसार, प्रतिवेदनमा समाजवादी दलका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट उठाएर काठमाडौं ल्याएको नभई उनी राजीखुसी आएको देखिएकाले अपहरणको आरोप पुष्टि नहुने उल्लेख छ । महानगरीय प्रहरी परिसर काठमाडौंले भने सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनबारे कुनै सार्वजनिक टिप्पणी गरेको छैन ।

सांसद यादवले आफू अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी दर्ता गर्न खोज्दा महानगरीय प्रहरी परिसर टेकुले उजुरी लिएको थिएन । सरकारी वकिलको कार्यालयले पनि जाहेरी नलिएपछि मानवअधिकार आयोगमा उजुरी परेको थियो। त्यसपछि भने सरकारी वकिलले उजुरी दर्ता गरेर प्रहरीमा पठाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि