बैशाख ०८, २०८१, शनिबार
               

स्वयंसेवीको नाममा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

युवा स्वयंसेवीको नाममा नागढुंगामा खटिएका एक व्यक्ति पक्राउ परेका हुन् । स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा चन्द्रागिरिका उत्तम कार्की छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कार्कीविरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै गत शुक्रबार दिउँसो उनीलगायतले वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए ।

प्रहरीकै अगाडि उनीहरुले कार्कीको खानतलासी समेत लिएका थिए । सामाजिक सञ्जालमा उक्त क्रियाकलापको व्यापक विरोध हुँदै आएको थियो ।

यो पनि