चैत १६, २०८०, शुक्रबार
               

लागुऔषध सहित दुई पक्राउ

रासस
जेठ ०४, २०७७

ADVERTISEMENT

कैलालीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका–६ बिजुलीयाका सुरज चौधरी र ११ बेलाका अर्जुन चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट पाँच पोका ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

उनले सुरजकै घरमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा उनको घरमा खानतलासी गर्दा बाकसमा लुकाएर राखेको अवस्थामा ब्राउन सुगर भेट्टाइएको बताए।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि