चैत १६, २०८०, शुक्रबार
               

‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको बेला सर्लाहीमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो ।

विष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी मदन कुँवरले जानकारी दिए ।

उक्त ठाउँमा हतियारसहित मानिस रहेको सूचना आएपछि प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त टोलीले मोटरसाइकलमा सवार बिष्णु गाउँपालिका ३ बस्ने २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिहका १९ बर्षीय अनिश साह छन् ।

उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली, अर्को चाइनिज पेस्तोल एक थान, त्यसको म्यागेजिन र ५ राउण्ड गोली बरामद भएको कुँवरले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

यसअघि २७ फागुनमा बारामा प्रेस लेखिएको मोटरसाइकलबाट लागूऔषध बरामद भएको थियो । प्रेस लेखिएको ना।६२ प ६२६७ न। को मोटरसाइकलमा सबार वीरगञ्ज १५ बस्ने ३० बर्षीय जीतेन्द्रकुमार सिंहको साथबाट डाइजेपाम, नुफिन, फेनारगन बरामद भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि