बैशाख ०८, २०८१, शनिबार
               

२३ वर्ष लागिन् जसिता, कस्तो छ चलचित्र यात्रा ?

नेपाल फ्ल्यास
जेठ ०३, २०७७

ADVERTISEMENT

नायिका जसिता गुरुङले आज आफ्नो जन्मदिन मनाउँदैछिन् । जेठ ३ गते जन्मिएकी जसिताले आज आफ्नो  २३ वर्षे जन्मदिन मनाउँदैछिन् । 

चलचित्र ‘लिलिबिली’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी जसिताले पहिलो चलचित्रबाट नै चर्चा पाइन् । पहिलो चलचित्रबाट नै डेब्यु नायिकाको अवार्ड समेत हात पारेकी जसितालाई सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएको थियो । 

जसिताले दोस्रो चलचित्रको रुपमा ‘लभ स्टेशन’मा काम गरिन् । यस चलचित्रमा पनि जसिताले डेब्यु चलचित्रमा स्कृन सेयर गरेका नायक प्रदीप खड्कासँग काम गरेकी थिइन् । 

दोस्रो चलचित्रले भने जसितालाई सफलता मिलेन । दोस्रो चलचित्र असफल भयो । 

अहिले जसिता तेस्रो चलचित्र ‘आइ एम ट्वान्टी वान’को तयारीमा छिन् । यस चलचित्रमा जसिताले धिरज मगरसँग स्कृन सेयर गर्नेछिन् । 
कोरोनाका कारण चलचित्रको छायांकन रोकिएको छ । कोरोनाको त्रास सकिएलगत्तै चलचित्रको छायांकन सुरु हुनेछ । 

यस्तैमा, जसिता नायक अनमोल केसीसँग पनि काम गर्दैछिन् । उनले चलचित्र ‘एन्टी हिरो’मा अनमोलसँऊ स्कृन सेयर गर्दैछिन् ।

सरसरती हेर्दा, जसिताको चलचित्र यात्रा ठिकठाक देखिन्छ । डेब्यु चलचित्रबाट नै राम्रो व्यानरमा काम गर्दै आएकी जसिताले अहिले पनि राम्रो व्यानरको चलचित्र पाइरहेकी छिन् ।

जसितालाई जन्मदिनको शुभकामना !


कस्तो लाग्यो ?

यो पनि