बैशाख १३, २०८१, बिहीबार
               

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (मुख्य बुँदाहरू)

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त सदनमा प्रस्तुत भएको छ ।

सरकारको नीति तथा कार्यक्रममा 'मेरो सरकार' भन्ने शब्द यस पटक राखिएको छैन । गत वर्ष मेरो सरकार भनेर सम्बोधन गर्दा त्यसको विरोध भएको थियो ।

यस्ता छन् त्यसका प्रमुख बुँदाहरू :

  • कोरोनाविरुद्ध एक ढिक्का भएर लाग्न आह्वान
  • जनआकाङ्क्षा पूरा गर्न सरकार प्रतिबद्ध, प्रदेश र स्थानीय तहलाई आवश्यक स्रोत सुनिश्चित
  • कोरोना संक्रमणले प्रदेश र स्थानीय तहको औचित्य प्रस्ट्यायो
  • सरकारको यही कार्यकालभित्र नेपाललाई विकासशील राष्ट्रको पंतिमा पुर्‍याउने
  • तुइनको जोखिमपूर्ण आवागमन विस्थापित गर्ने सरकारको निर्णय पूरा
  • १० वर्षमा १५ हजार विद्युत् उत्पादनको नीति कार्यान्वयनमा
  • कृषि उत्पादकत्व १० वर्षमा दोब्बर गर्न कृषि पूर्वाधारमा ठुलो मात्रामा लगानी गरिने
  • समृद्धिलाई कुल ग्राहस्थ उत्पादनको आधार मात्र नमानिने
  • आर्थिक स्रोतका लागि अधिकतम आन्तरिक परिचालनमा जोड
  • सरकारी आयोजना तोकिएको समय र लागतमा पूरा गर्ने
  • उत्पादनशील र रोजगारमूलक क्षेत्रमा लगानी वृद्धि गर्ने
  • स्वदेशमै रोजगारी सिर्जना गरी राष्ट्रिय क्षमता वृद्धिको अवसरका रूपमा उपयोग गर्ने
  • नेपालमा कोभिड १९ महामारीमुक्त देश बनाउनु पहिलो प्राथमिकता
  • कोरोनाबाट नेपालमा कुनै नागरिकको ज्यान जाने अवस्था बनाउन सरकार प्रयासरत
  • महामारीका कारण रोजगारी गुमाएका गरिब तथा विपन्न वर्गलाई रोजगारीसम्बन्धी विशेष कार्यक्रम ल्याइने
  • सबै स्थानीय तहका वडा पूर्ण खोप सेवा पुर्‍याइने
  • हरेक स्थानीय तहमा ५ देखि १५ शय्याको अस्पताल बनाउने
  • अञ्चल अस्पताललाई २०० शय्याको बनाइने
  • कम्तीमा तीन सय शय्याको अत्याधुनिक सरुवा रोग अस्पताल बनाउने
  • देशभर एकीकृत एम्बुलेन्स सेवा उपलब्ध गराइने
  • शिक्षण अस्पताल महाराजगन्जमा नेफ्रोलोजी तथा युरोलोजी सेवा केन्द्र बनाइने
  • कान्ति बाल अस्पताललाई बालरोगका विशेषज्ञ उत्पादन गर्ने केन्द्रका रूपमा विकास गरिने
  • सबै स्वास्थ्य संस्थाले महिनामा एक दिन स्याटलाइट अस्पताल सञ्चालन गर्नुपर्ने
  • आगामी आर्थिक वर्षमा साक्षर नेपाल घोषणा गरिने
  • 'चिनौँ आफ्नो माटो, बनाऔँ आफ्नै देश' अभियानमा स्नातक युवा खटाइने
  • सार्वजनिक विद्यालय सबलीकरण दशक अभियान सञ्चालन गर्ने
  • विज्ञान अध्ययन केन्द्र स्थापना गरिने
  • तीन वर्षभित्र सबै सामुदायिक विद्यालयलाई पूर्वाधार सम्पन्न बनाउने
  • सबै विद्यालयमा इन्टरनेट र प्रयोगशालाको व्यवस्था गरिने
  • युवालाई उद्यम गर्न सुरुवाती पुँजी उपलब्ध गराउने
  • प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारमूलक अन्य कार्यक्रमसँग आबद्ध गरिने
  • श्रम सूचना बैङ्क स्थापना गरिने
  • वैदेशिक रोजगारीमा गएकाहरूलाई पनि सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गरिने
  • ठुला परियोजनामा थप विदेशी लगानी आकर्षित गरिने
  • फजुल खर्च कटौती गरी चालु खर्च घटाइने
  • देशभरको जमिन खेर जान नदिई उपयोगको नीति लिइने
  • हिमालय संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने
  • प्रदेश राजधानीहरूलाई हरित सहरको रूपमा विकास गर्न बृक्षारोपरण गरिने
  • जग्गा वर्गीकरणको कामलाई तीव्रता दिइने
  • निर्यातमूलक उद्योगलाई संरक्षण र सहुलियत प्रदान गरिने
  • ४५ स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गरिने
  • बन्द तथा रुग्ण उद्योगलाई अधिकतम क्षमतामा पुनः सञ्चालन गरिने
  • आगामी आर्थिक वर्षमा नवलपरासीमा फलाम उत्पादन सुरु गरिने
  • दैलेखलगायत १० स्थानमा पेट्रोलियम अन्वेषण जारी
  • बङ्गलादेश र भुटानसँग व्यापार सम्झौता गरिने
  • चीनको बाटो हुँदै बन्दरगाहको प्रयोग गरिने
  • आगामी वर्ष बन्दरगाह सञ्चालन सम्बन्धी कानुन बनाइने
  • निर्यात गृह स्थापना गरिने र सामूहिक ट्रेडमार्कको अवधारणा ल्याउने
  • सङ्घमा एक लाख र प्रदेशमा ३० हजार मेट्रिक टन खाद्यान्न भण्डारको क्षमता बनाइने
  • कोभिड १९ ले पर्यटनमा परेको असर कम गर्न पुनरुत्थान कार्यक्रम सञ्चालन गरिने
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने
  • आगामी आर्थिक वर्षमा थप २ वटा विमानस्थल बनाइने
  • लुम्बिनीमा पाँच हजार क्षमताको ध्यान केन्द्र बनाइने
  • ९४ प्रतिशत नागरिकलाई आधारभूत स्तरको खानेपानी सुविधा पुर्‍याइने
  • आगामी आर्थिक वर्षभित्र मेलम्ची आयोजनाको सबै काम पूरा गरिने
  • आगामी आर्थिक वर्षमा तीन सय वटा पुल निर्माण गरिने
  • पूर्व-पश्चिम राजमार्गको सबै खण्डलाई चार लेनको बनाइने
  • नागढुंगा-नौविसे मार्गमा एक किलोमिटर सुरुङ आगामी आर्थिक वर्षमा खनिने
  • चीन र भारतबाट काठमाडौँ जोडने रेलमार्गको प्रारम्भिक अध्ययन पूरा
  • आगामी आर्थिक वर्षदेखि आफ्नै पानीजहाज चलाउन कानुनी व्यवस्था गरिने
  • पूर्व-पश्चिम राजमार्गको सबै खण्डलाई चार लेनको बनाइने
  • तीन वर्षभित्र गण्डकी नदीमा जल यातायात सञ्चालन गरिने
  • आगामी तीन वर्षभित्र संघीय संसद् भवन निर्माण पूरा हुने
  • भक्तपुरको सानोठिमीमा पाँच हजार क्षमताको सभा हल बनाइने
  • काठमाडौँ उपत्यकाभित्र चारवटा आधुनिक उपसहर बनाइने
  • राष्ट्रिय स्तरको बृहत् शहीद पार्क निर्माणको तयारी प्रारम्भ गरिने
  • रानीपोखरी र धरहरा आगामी आर्थिक वर्षभित्र निर्माण पूरा गरिने
  • आगामी वर्षमा विद्युत् जडित क्षमता ३ हजार मेगावाट बनाइने
  • तीन वर्षभित्र पूर्ण विद्युतीकरण गरिने
  • आगामी आर्थिक वर्षभित्र माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण पूरा गरिने
  • दूधकोकी जलाशययुक्त आयोजनाको निर्माण थालनी गरिने
  • कोसी, कमलालगायतका नदी नियन्त्रणमा विशेष कार्यक्रम गरिने
  • सरकारी सेवालाई डिजिटल प्रविधिमार्फत उपलब्ध गराइने
  • दुई वर्षभित्र सरकारी कारोबार नगद रहित बनाइने
  • आगामी दुई वर्षभित्र नेपालको आफ्नै स्याटलाइट निर्माण तथा सञ्चालन गर्ने
  • पत्रकारितालाई मर्यादित र व्यावसायिक बनाउन आवश्यक कानुनमा परिमार्जन गरिने
  • तीन वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने
  • तीन वर्षभित्र व्यक्तिगत घटना विवरण अनलाइनबाट दर्ता गरिने
  • राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत महिला सशक्तीकरण गरिने
  • सबै स्थानीय तहमा महिला उत्थान केन्द्र स्थापना गरिने
  • युवाका लागि सबै प्रदेशमा नव प्रवर्द्धन केन्द्र स्थापना गरिने
  • उच्च पर्वतीय खेलकुद तालीम केन्द्र स्थापना गरिने
  • सार्वजनिक खरिद कानुन संशोधन गरिने
  • ठेक्का दिने पदाधिकारी र त्रुटिपूर्ण सल्लाह दिने परामर्शदातालाई पनि उत्तरदायी बनाइने
  • सीमा व्यवस्थापनका लागि थप बोडर आउट पोस्ट बनाइने
  • आगामी वर्ष राष्ट्रिय जनगणना, औद्योगिक तथा सुख मापन गणना गरिने
  • छिमेकीहरूसँगको सम्बन्धले नयाँ उचाइ लिएको
  • सीमा सुरक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ गरिने
  • लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो र त्यसलाई प्राप्त गर्न ठोस पहल गरिने
  • छुटेको भूमिसमेत समावेश गरी नेपालको नयाँ नक्सा जारी गरिने
यो पनि