बैशाख ०७, २०८१, शुक्रबार
               

राज के र मेलिनाको ‘मैले माया गरेँ’ सार्वजनिक

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

गायक राज के गोश्वामी र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

सार्वजनिक ‘मैले माया गरेँ’ बोलको गीतमा उत्तम जंग लिम्बुको संगीत रहेको छ । गीतलाई माया मगरले लेखेकी हुन् । 

‘कोशिस २’ एल्बममा समावेश यस गीतमा प्रेमको कुरा गरिएको छ । गीतको अफिसियल भिडियो भने सार्वजनिक भएको छैन । अहिले निर्माणपक्षले लिरिकल भिडियो मात्र सार्वजनिक गरेको हो ।

अष्ट्रेलियामा रहेर संगीतकर्म गर्दै आएका गायक राज यस गीतबाट निकै आशावादी छन् । टिमले मेहनत गरेर राम्रो गीत तयार गरेकाले यस गीतलाई दर्शकले रुचाउने उनको आश छ । 

फोटो वर्क, सिड्नीले तयार गरेको भिडियोलाई नेपाल टच नामक युट्युबबाट सार्वजनिक गरिएको छ । 

 


कस्तो लाग्यो ?

यो पनि