बैशाख ०४, २०८१, मंगलबार
               

जहाँ दाइजोमा दिइन्छ विषालु सर्प

नेपाल फ्ल्यास
साउन २६, २०७६

ADVERTISEMENT

विवाहमा छोरीचेलीलाई सम्पति तथा उपहार दिने चलन त सुनिएकै हो ।

तर दाइजोको रुपमा विषालु सर्प दिने गरिएको सायदै होला । सुन्दा अचम्म लागे पनि यो वास्तविकता हो ।

भारतको मध्यप्रदेशमा सपेरिया (सर्प नचाउने) समुदायमा सर्प दाइजो दिन चलन छ । सो समुदायले दाइजोमा एउटा होइन, दुइटा होइन, २१ वटा सर्प दिने चलन छ । यो पनि विषालु सर्प ।

यो त्यहाँ सदिँयौदेखि चलिआएको चलन हो । यसरी दाइजो नदिए वैवाहिक सम्बन्ध दिगो हुँदैन र छिट्टै टुट्छ भन्ने जनविश्वास छ ।

केटीको विवाह तय भएपछि उसको परिवारका सदस्यले सर्प समात्न थाल्छन् । यो समुदायका बालबच्चा सर्पदेखि डराउँदैनन् । उनीहरु सर्पसँगै खेल्छन् । यो समुदायको पेशा सर्प समात्ने हो । यी समुदायको आर्जन नै अरुलाई सर्प देखाएर हुने गरेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि