बैशाख ०७, २०८१, शुक्रबार
               

यो वर्ष फिफाको ‘द बेस्ट’ अवार्ड नहुने

नेपाल फ्ल्यास
जेठ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । फिफाले हरेक वर्ष आयोजना गर्दै आएको ‘द बेस्ट’ अवार्ड यो वर्ष नहुने घोषणा गरेको छ ।  कोरोना भाइरसको प्रभाव कम नभएपछि फिफाले आगमी सेप्टेम्वरको लागि तय भएको अवार्ड कार्यक्रम रद्द गरेकाे हाे । 

तालिका अनुसार यो वर्षको अवार्ड इटलीमा २३ सेप्टेम्बरमा हुने तालिका थियो । फिफा द बेस्ट अवार्ड २०१६ बाट सुरु भएको हो ।

द बेस्ट अवार्डको पुरुषतर्फ पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोले दुईपटक तथा अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका लियोनेल मेस्सी र क्रोएसिया तथा स्पेनिस क्लब रियल म्याड्रिडका लुका मोड्रिचले समान एकपटक यो अवार्ड जितेका छन् ।


कस्तो लाग्यो ?

यो पनि