बैशाख १३, २०८१, बिहीबार
               

अष्ट्रेलिया जहाँ २२ जना पुरुष सुत्केरी भए

नेपाल फ्ल्यास
साउन २६, २०७६

ADVERTISEMENT

अष्ट्रेलिया यस्तो देशमध्येको एक हो त्यहाँ पुरुष पनि सुत्केरी हुन्छन् । महिला गर्भवती हुनु र बच्चा जन्माउनु स्वभाविक भए पनि अष्ट्रेलियामा एक वर्षमा २२ जना पुरुष नै सुत्केरी भएका छन् ।

अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसका अनुसार २२ जना पुरुष गर्भवती भएर बच्चा जन्माए । त्यसरी बच्चा जन्माउने पुरुषमा समलिंगीहरु छन् ।

पछिल्लो १० वर्षमा यसरी बच्चा जन्माउने पुरुषको संख्या २ सय २८ छ । त्यहाँ सन् २००९ मा पहिलो पटक पुरुषले बच्चा जन्माएका थिए । त्यसरी बच्चा जन्माउने पुरुषको नाम गोप्य राख्ने गरिएको छ । यो अप्राकृतिक भएको भन्दै अष्ट्रेलियामै पुरुषले बच्चा जन्माउने कामको विरोध हुँदै आएको छ ।

मेलबर्न विश्वविद्यालयका एक प्राध्यापकले भने समलिंगी पुरुषको बच्चा जन्माउने हकको पक्षमा वकालत गर्दै आएका छन् । उनका अनुसार जो पुरुष आफ्नो जीवनमा यस्तो फैसला लिन्छन् उसलाई बच्चा जन्माउने अधिकार हुन्छ ।


कस्तो लाग्यो ?

यो पनि