बैशाख १२, २०८१, बुधबार
               

विपिन कार्की: अभिनयमा अब्बल, व्यापारमा कमजोर

नेपाल फ्ल्यास
जेठ ०१, २०७७

ADVERTISEMENT

अभिनेता विपिन कार्कीलाई भर्सटाइल अभिनेताको रुपमा चिनिन्छ । हरेक चलचित्रमा आफूलाई फरक अवतारमा प्रस्तुत गर्न सफल छन्, विपिन । 

उनको डेब्यु चलत्रित्र ‘छड्के’देखि ‘पशुपति प्रसाद’, ‘जात्रा’, ‘हरि’, ‘नाका’, ‘प्रसाद’, ‘गोपी’ हुदैँ ‘सेल्फी किङ्ग’सम्म आइपुग्दा विपिनका धेरै अवतारहरु दर्शकले देखिसकेका छन् । धेरैले उनको लुक्स र अभिनयको तारिफ गर्छन् ।

तर, विपिनको कामको प्रशंसक धेरै भएपनि हलमा पुग्ने दर्शक भने कमै छन् । धेरैले आफू विपिनको कामको फ्यान भएको बोल्छन् । हलसम्म पुगेर टिकट काट्ने दर्शक न्युन छन् । जसको नतिजा, एकाध चलचित्रलाई बिर्सिदा उनका चलचित्रहरु असफल छन् ।

पछिल्लो समय रिलिज भएको चलचित्र ‘सेल्फी किङ्ग’मा पनि विपिनको कामले तारिफ पायो । धेरैले विपिनक कामलाई उत्कृष्ट भएको प्रतिकृया दिए । तर, चलचित्रले हलमा दर्शक पाएन । व्यापारिक रुपमा चलचित्र निकै कमजोर बन्यो ।

त्यसै फरक प्रयोगमा बनेको चलचित्र हरि, नाका जस्ता चलचित्रमा विपिनको लुक्स फरक थियो । आर्ट चलचित्रमा विपिनको कामको धेरैले प्रशंसा गरे । 

तर, यी दुबै चलचित्रले हलमा पानी समेत भन्न पाएको थिएन । गोपी चलचित्रबाट पनि विपिनको हालत उस्तै भयो ।

त्यसैले विपिन समिक्षात्मक रुपमा सफल भएपनि व्यापारिक रुपमा खासै सफल हुन सकेनन् ।


कस्तो लाग्यो ?

यो पनि