बैशाख १३, २०८१, बिहीबार
               

अमेजोन रिलिज हुदैँ अमिताभ र आयुष्मानको 'गुलाबो सिताबो'

नेपाल फ्ल्यास
जेठ ०१, २०७७

ADVERTISEMENT

कोरोनाका कारण बलिउडलाई ठुलो असर परेको छ । प्रतिक्षित चलचित्रको रिलिज रोकिएको छ । हल बन्द छन् ।

यसै बीच केहि चलचित्र निर्माताले ओटिटी माध्यमबाट पनि चलचित्र रिलिज गर्ने तयारी थालेका छन् । अक्षय कुमार अभिनित ‘लक्ष्मी बम्ब’ र अर्जुन कपूर अभिनित चलचित्र ‘सन्दीप और पिंकी फरार’ अनलाइनमा रिलिज हुदैँछन् । 

नवाजुदीन सिद्दिकी अभिनित चलचित्र ‘घुमकेतु’ ले पनि अनलाइन रिलिजलाई रोजेको छ । 

यसमै शुजित सरकारको निर्देशनमा तयार ‘गुलाबो सिताबो’ पनि अनलाइनमा रिलिज हुने भएको छ । दर्शकले यस चलचित्रलाई अमेजन प्राइममा हेर्न पाउने भएका छन् । 

चलचित्र आउँदो जुन १२ मा अमेजोनमा रिलिज गर्न लागिएको बताइएको छ । 

चलचित्रमा आयुष्मान खुराना, अमिताभ बच्चन लगायतको अभिनय रहेको छ ।

यो पनि