बैशाख ०८, २०८१, शनिबार
               

विकास बोर्ड अध्यक्षमा १० जनाको आवेदन
चर्चामा दयाराम र भुवन

नेपाल फ्ल्यास
जेठ ०१, २०७७

ADVERTISEMENT

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जना चलचित्रकर्मीले आवेदन दिएका छन् । केही दिन अगाडि नेपाल सरकारले अध्यक्षको लागि आवेदन खुल्ला गरेको थियो । सोही अनुरुप योग्यता पुगेका चलचित्रकर्मीले आवेदन दिएका हुन् । 

आवेदन दिनेमा निर्देशक दयाराम दाहाल, राजेन्द्र उप्रेती, दिपक श्रेष्ठ, राजेश थापा, अभिनेता भुवन केसी, सोहित मानन्धर, निर्माता अर्जुन कुमार डंगोल, भगवती कुमारी मैनाली उप्रेती (भीमा), ध्यान बहादुर राई, पर्शुराम चौधरी रहेका छन् । 

बोर्डमा जती चलचित्रकर्मीको आवेदन परे पनि सरकारले दयाराम दाहाल वा भुवन केसीमध्ये एक जनालाई नियुक्त गर्ने सम्भावना प्रवल छ । 
दयाराम दाहाल पाका निर्देशक हुन् । उनी चलचित्र विकास बोर्डमा हाल सदस्य पदमा छन् । यसैले पनि उनले कामको अनुभव पनि हासिल गरिसकेका छन् ।

अभिनेता भुवन केसी आफैँमा चर्चित अनुहार हुन् । त्योसँगै उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट पनि मानिन्छन् । केपीले चर्चित अनुहारलाई बोर्डमा ल्याउन चाहेको बुझिन्छ । 

जे होस्, बोर्डको अध्यक्ष पदमा देखिएको भिडन्त रोचक छ । केही दिनमा नै बोर्डले नयाँ अध्यक्ष पाउने छ ।

यो पनि