बैशाख ०७, २०८१, शुक्रबार
               

जातीय विभेदको आरोपमा महिला पक्राउ

नेपाल फ्ल्यास
जेठ ०१, २०७७

ADVERTISEMENT

सोलुखुम्बु । जातीय विभेद गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाका ३१ वर्षीया संगीता राईलाई पक्राउ गरेको छ । सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले बताए ।

तिङ्लाको भदौरेमा हिँड्दै गरेको अवस्थामा गत शनिबार आफूमाथि जातीय विभेद गरेको भन्दै मीनबहादुरले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा संगीतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

‘सार्वजनिक बाटोमा मेरो अगाडि हिँड्छस्, तँ दमाई, भनेर ढुङ्गाले हिर्काउँदै लखेटेको,’ मीनबहादुरको जाहेरीमा उल्लेख छ । नेपालको संविधान २०७३ को भाग ३ को धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको हकबारे प्रष्ट उल्लेख गरिएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि