बैशाख ०८, २०८१, शनिबार
               

कोरोनाले टार्‍यो दशैंको महा-भिडन्त

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

यस वर्षको दशैंमा धेरै नेपाली चलचित्रले रिलिज मिति तय गरेका थिए । सधैजस्तो यस वर्ष ‘छक्का पञ्जा’ टिमको चलचित्र, अशोक शर्माको चलचित्रसँगै मह जोडीको चलचित्र, ए मेरो हजुर ४, परदेशी २,  प्रेम पूजा लगायतका चलचित्र रिलिज हुने तय भएको थियो । 

तर, कोरोना भाइरसका कारण दशैंमा यी सबै चलचित्र नआउने पक्का भएको छ । केही चलचित्रको छायांकन नै सुरु भएको छैन भने केही चलचित्र नबन्ने निश्चित भएको छ । 

दशैंमा रिलिज हुने भनिएका केही चलचित्रहरु पछि हट्ने बित्तिकै दशैंमा हुने भनिएको महा-भिडन्त टर्ने भएको छ । 

दशैंको लागि अब चलचित्र ए मेरो हजुर ४ र परदेशी २ भने निर्माण भइरहेका छन् । यी दुबै चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको छ । कोरोनाको त्रास सकिने बित्तिकै चलचित्रको छायांकन हुनेछ । 

निर्माणपक्षले चलचित्रलाई दशैंमा रिलिज गर्ने नै भनिरहेका छन् । उसो हुदाँ दशैं अगाडि चलचित्र क्षेत्रमा कुनै चहलपहल नहुने देखिन्छ । 

दशैंमा पनि चलचित्र रिलिज हुने कुरामा शंका नै छ ।


कस्तो लाग्यो ?

यो पनि