बैशाख १२, २०८१, बुधबार
               

ब्राजिलियन डिफेन्डर मार्सेलोका पाँच चुनौती

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

ब्राजिलियन डिफेन्डर मार्सेलो एउटा सफल खेलाडी हुन् । उनी हिजो मंगलबारमात्र ३२ वर्षका भए । उनी रियाल मड्रिडको इतिहासमा एक सफल खेलाडीका रुपमा स्थापित भएका छन् ।

उनले रियालका लागि धेरै उपाधि जिताएका छन् । उनका नाममा केही रेकर्ड पनि बनेका छन् । विगत जति सुखद भए पनि उनले अब सान्टियागोमा धेरै चुनौतीहरूको सामना गर्नुपर्ने छ । उनीसामु मुख्यत पाँच वटा चुनौती छन् :

१. टिम ११ पर्नु

प्रशिक्षक जिनेदिन जिदानको पहिलो रोजाइको डिफेन्डर फेल्याण्ड मेन्डी हुन् । मेन्डीको स्थान अब मार्सेलो खोस्नु पर्ने हुन्छ । मेन्डी र मार्सेलो एउटै पोजिसनबाट खेल्ने खेलाडी हुन् । त्यो पोजिसनमा मेन्डी पनि अब्बल छन् । चोटका कारण खेल्न नसक्ने भएपछि जिदानले मार्सेलोलाई केही खेलमा बेन्चमा राखेका थिए ।

तर उनलाई अझै टिम ११ मा पर्न निक्कै मेहनत गर्नुपर्ने हुन्छ । मार्सेलो यो समरपछि रियालबाट बाहिरिने हल्ला पनि चलिरहेको छ । तर उनले यसको खण्डन गर्दैआएका छन् ।

२. सर्वाधिक खेल खेल्ने विदेशी बन्ने

रियालका लागि धेरै खेल खेल्ने विदेशी खेलाडीमा ब्राजिलकै रोबेर्टो कार्लोस छन् । उनले पाँच सय २७ खेल खेलेका छन् । मार्सेलोले अहिलेसम्म ५०५ खेल खेलिसकेका छन् । यस्तै फ्रेन्च पूर्व खेलाडी करिम बेन्जिमाले ५०१ खेल खेलेका छन् ।
मार्सेलोको नजर यो कीर्तिमान तोडन पनि छ । त्यो ससंभव नभए पनि सहज भने छैन ।

३. मैदानमा प्रभाव कायम राख्नु

मार्सेलोको रियालको टिममा केही महिनादेखि प्रभाव कम हुँदै गएको छ । उनले यो सिजनमा १९ खेल खेलेका छन् । जसमा एक गोल गरेका छन् । गएको सिजन उनले ३४ खेल खेल्दा ३ गोल गरेका थिए ।

यस्तै २०१७–१८ को सिजनमा उनले ४४ खेलमा पाँच गोल गरेका थिए । त्यसको अघिल्लो वर्ष ४७ खेलमा तीन गोल गरेका थिए । २०१६ को सिजनमा उनले १३ असिष्ट गरेका थिए भने २०१७ को सिजनमा ११ असिष्ट गरेका थिए । तर पछिल्लो सिजनमा मात्र ६ र यो सिजनमा ५ असिष्ट गरेका छन् । आफ्नो खस्कदो साखलाई निरन्तरता दिन उनलाई कम चुनाैती छैन ।

४. जेन्टोको रेकर्ड तोड्नु

पाको जेन्टोले रियाल मड्रिडबाट सर्वाधिक २३ उपाधि जितेका छन् । जुन एउटै क्लबबाट धेरै उपाधि जित्ने कीर्तिमान हो । त्यसपछि सर्जियो रामोस र मार्सेलोले २१ उपाधि जितेका छन् । अब तीन वटा उपाधि जिते उनले त्यो रेकर्ड तोड्ने छन् । जुन मार्सेलोका लागि कम महत्त्वपूर्ण हुने छैन ।

५. राष्ट्रिय टिममा पर्नु

मार्सेलो सन् २०१९ मा भएको कोपा अमेरिकामा ब्राजिलको राष्ट्रिय टिममा छनोट हुन सकेनन् । घरेलु मैदानमा भएको कोपा अमेरिका ब्राजिलले जित्यो । तर मार्सेलोले खेलाडीका रुपमा उपाधि चुम्न पाएनन् । उनी अर्को वर्ष हुने कोपा अमेरिकामा टिममा स्थान बनाउने योजनामा छन् । जुन उनका लागि कम चुनौतीपूर्ण छैन ।


कस्तो लाग्यो ?

यो पनि