चैत १६, २०८०, शुक्रबार
               

आइपिएल हुनेमा आशंका, ६० अर्बको नोक्सानी

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

कोरोना भाइरसका कारण इन्डियन प्रिमियर लिग आइपिएल हुनेमा अन्योल भएको छ ।

भारतमा कोरोना प्रभाव फैलिएसँगै यो सिजनको आइपिएल हुनेमा शंका उठेको हो । बिसिसीआईले पनि पहिले स्वास्थ्य अनि खेल भनेको अवस्थामा आइपिएल हुनसक्ने संभावना देखिँदैन ।

आइपिएल विश्वकै फ्रेन्चाइजी क्रिकेट लिगमा सर्वाधिक चर्चित र सफल प्रतियोगिता हो । बिसिसिआईले यदि यो सिजनको आइपिएल हुन सकेन भने पाँच सय मिलियन अमेरिकी डलर अर्थात करिव ६० अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी हुने बताइसकेको छ । १२ वर्षदेखि हुँदैआएको चर्चित खेल पहिलोपटक रोकिन लागेको हो ।

आइपिएल मार्चमै हुने थियो । तर कोरोना संक्रमणका कारण प्रतियोगिता स्थगित गरिएको थियो । स्थिति सम्हालिएसँगै पुन खेल हुने भनिए पनि भारतमा कोरोनाले झन् विकराल रुप लिँदै गएको छ । यो प्रतियोगितामा विश्वभरका क्रिकेटका हस्तीहरू सहभागी हुन गर्दछन् ।

प्रतियोगिताका लागि खेलाडीको अक्सनसमेत भइसकेको थियो । टिमहरूले प्रशिक्षण पनि थालिसकेका थिए । प्रतियोगता स्थगनसँगै टेलिभिजन राइट्स, प्रायोजक, आयोजक र टिमहरूलाई ठुलो नोक्सानी हुने बिसिसिआईका कोषाध्यक्ष अरुण धुमालले बताएका छन् ।

आइपिएलबारे केही साताअघि टिम मालिकहरूबीच भएको छलफलमा पनि खेलाडीको स्वास्थ्यको मुद्दा नै प्रधान बनेको थियो । त्यसैले यसबारे निर्णय हुन सकेको थिएन ।


कस्तो लाग्यो ?

यो पनि