बैशाख ११, २०८१, मंगलबार
               

च्याम्पियन्स ट्रफी दिलाएका कप्तान बिनै पाकिस्तानी क्रिकेटरको सूची तय

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

फाइल फोटो
ADVERTISEMENT

पाकिस्तान क्रिकेट टिमका प्रशिक्षक तथा मुख्य छनोटकर्ताले बोर्डसँगको सम्झौताका लागि नयाँ सूची तयार पारेका छन् । जसमा च्याम्पियन्स ट्रफी दिलाएका कप्तान सरफराज अहमद, फखर जमान, हसन अली जस्ता खेलाडी बाहिर रहेका छन् ।

मिस्वाले तयार पारेको सूची पाकिस्तान क्रिकेट बोर्डलाई पठाएका छन् । पाकिस्तान क्रिकेट टिमका एक सदस्यले बताएअनुसार त्यो सूचीमा च्याम्पियन्स ट्रफी दिलाएका सरफराज अहमदसँगै मोहम्मद आमी, वायब रियाज पनि बाहिर परेका छन् ।

यो सूची बनाउनका लागि मिस्वासँगै बोर्डका प्रमुख कार्यकारी अधिकृत वसीम खानले पनि सहयोग गरेका थिए । जसमा उस्मान सिनवारी पनि बाहिर भएका छन । मिस्वाले युवा खेलाडीलाई सो सूचीमा राखेका छन् । जसमा नसीम शाह, आबिद अली, मोहम्मद हसनैनलाई समावेश गरिएको छ । बोर्डले यी चार खेलाडीले राम्रो गरेको बताएको छ ।

कोरोना संक्रमणका कारण पीसीबीले तोकेको समयभन्दा दुई महिनाअघि नै खेलाडीको सूची सर्वाजनिक गर्नेछ । अरुबेला जुलाईमा सम्झौतामा परेका खेलाडीको सूची सार्वजनिक हुन गरेको थियो । तर भाइरसको असरका कारण खेलाडीहरु असुरक्षित रहेकाले दुई महिना अगावै सूची बनाएको सिइओ खानले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि