बैशाख १४, २०८१, शुक्रबार
               

साउदीमा रहेका ६७४ नेपालीमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को संक्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन–तीन तथा अन्य स्थानमा नौ नेपालीमा सङ्क्रमण देखिएको छ । साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ ।

संक्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ । संक्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ । साउदीमा कोरोना संक्रमितको संख्या ४२ हजार ९२५ पुगेको छ । संत्रमितमध्ये हालसम्म १५ हजार २५७  निको भएका छन् । हालसम्म २६४ संक्रमितको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि