चैत १६, २०८०, शुक्रबार
               

लकडाउनपछि दुई वर्षालाई भ्याई-नभ्याई !

नेपाल फ्ल्यास
बैशाख ३०, २०७७

ADVERTISEMENT

पछिल्लो समय नायिकामा नायिकाद्वय वर्षा राउत र वर्षा सिवाकोटी खुबै व्यस्त बनिरहेका थिए । उनीहरुको हातमा एकपछि अर्को चलचित्र आइरहेको थियो । 

यी नायिकाद्वय चलचित्रको छायांकनमा व्यस्त थिए । त्यही समय देशमा लकडाउन भयो । अहिले दुबै फुर्सदिला बनेका छन् । 

नायिका वर्षा राउत चलचित्र ‘२ नम्बरी’को छायांकनमा व्यस्त थिइन् । कोरोनाका कारण चलचित्रको करिब २५ प्रतिशत मात्रै छायांकन सकिएको छ । वर्षाले लकडाउनपछि उक्त चलचित्रलाई समय दिनुपर्ने छ ।

उक्त चलचित्रको छायांकन सकिएपछि ‘के घर के डेरा’को छायांकनमा व्यस्त हुनेछिन्, वर्षा । 

अवस्था नायिका वर्षा सिवाकोटीको पनि छ । वर्षाले पहिला कोरोनाका कारण छायांकन रोकिएको चलचित्र ‘परदेशी-२’को छायांकन सक्नुपर्ने छ ।

त्यसपछि, उनले चलचित्र ‘सुदूर’को छायांकनलाई समय दिनुपर्ने हुन्छ। वर्षा मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्र ‘गोर्खा वारियर’मा पनि अनुबन्धित छिन् ।

यी दुबै नायिकालाई चलचित्र ‘नाइँ नभन्नु ल-६’बाट पनि अफर आएको छ । तर, समय मिलाउन नसक्ने डरले उनीहरुले चलचित्रलाई ओके गरेका छैनन् । 

यी दुबै वर्षा लकडाउनपछि निकै व्यस्त बन्नेछन् ।

यो पनि