बैशाख १४, २०८१, शुक्रबार
               

करिनाको तारिफ गर्दा आलियाको मुखबाट फुत्कियो अश्लिल शब्द

नेपाल फ्ल्यास
बैशाख ३०, २०७७

ADVERTISEMENT

बलिउड अभिनेत्री आलिया भट्टलाई धेरैले नसोचिकन बोल्ने नायिकाको उपमा दिएका छन् । हालै एक कार्यक्रममा पनि उनले यो प्रमाण दिएकी छिन् । 

एक कार्यक्रममा आलियाले अर्की अभिनेत्री करिना कपुरको तारिफ गर्दै थिइन् । सोही बेला उनको मुखबाट अश्लिल शब्द निस्किएको थियो । 

आलियाले भनेकी थिइन्, ‘करिनाले एकपछि अर्को फिल्ममा काम गरिरहेकी छिन् । मानिसहरु भन्छन् कि, विवाह भएपछि जीवन थोरै स्लो हुन्छ तर करिनाको यस्तो भएन । कतिले बच्चा भएपछि जीवन स्लो हुन्छ पनि भन्छन् तर उनको यस्तो पनि भएन । उनी सधैंझैँ हाम्रो लागि प्रेरणा बनेकी छिन् । मेरोलागि मात्र होइन मेरा साथीहरुका लागि पनि ।’

आलियाले थपिन्, ‘हामी सधैं उनको तस्बिर हेर्‍छौं र उनको जिम लुकको तारिफ गर्छौं । हामी सोच्छौं कि उनी कति हट छिन् । उनी कहिले यति सुन्दर र हट देखिन बन्द गर्छिन् ? यहाँसम्म कि उनी ट्र्याक वा चप्पल र टिसर्टमा पनि उत्कृष्ट देखिन्छिन् ।’

यति भन्दा भन्दै आलियाको मुखबाट अश्लील शब्द निस्कन्छ जुन सुनेर करिनाले आफ्नो हात मुखमा राख्दै भनिन्, ‘भर्खरै के भयो ?’ करणले पनि दोहोर्‍याएर उनले के भनिन् ? भनेर सोधे । जब यसबारे थाहा भयो कडा स्वरमा आलियालाई भने, ‘के मैले तिमीलाई यसरी नै हुर्काएँ ?

यो घटना केही महिना अगाडी एउटा फिल्म फेष्टिभलमा भएको हो । करिना र आलिया मिल्ने अभिनेत्री मध्यकी दुई हुन् । आलिया करिनाको फ्यान समेत हुन् ।


कस्तो लाग्यो ?

यो पनि