बैशाख १२, २०८१, बुधबार
               

महिला विश्वकप छनोट खेल स्थगित

नेपाल फ्ल्यास
बैशाख ३०, २०७७

ADVERTISEMENT

सन् २०२१ को महिला विश्वकप छनोट खेल स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले खेल स्थगित गरेको हो ।

कोरोना संक्रमण विश्वमा अझै नरोकिएकाले आइसिसीले खेल स्थगित गरेको हो । महिला विश्वकप छनोट श्रीलङ्कामा जुलाई तीन देखि १९ सम्म हुने तालिका रहेको थियो । जसबाट तीन देशले न्यूजिल्याण्डमा हुने विश्वकपमा स्थान बनाउने थिए ।

यस्तै २०२२ को यु–१९ विश्वकप छनोटको युरोपियन डिभिजन २ पनि स्थगित गरिएको छ । आइसिसीले मङ्गलवार विज्ञप्ति जारी गर्दै दुई वटा प्रतियोगिता स्थगित गरेको जनाएको हो ।

यसका साथै डेनमार्कमा हुने भनिएको यु–१९ विश्वकप छनोटको युरोपियन डिभिजन २ पनि रोकिएको छ । यो छनोट प्रतियोगिता जुलाई २४ देखि ३० तारिखसम्म हुने बताइएको थियो । आइसिसीले यी प्रतियोगिताको नयाँ मिति सदस्य राष्ट्रसँग छलफल गरेर तय गर्ने जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि