चैत १६, २०८०, शुक्रबार
               

विकास बोर्ड अध्यक्षमा किन आयो निखिलको नाम ?

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

केशव भट्टराईको निधनपछि चलचित्र विकास बोर्ड अध्यक्ष विहिन बन्यो । उक्त रिक्त पदको लागि अहिले विभिन्न चलचित्रकर्मीहरु भिडिरहेका छन् । सबै आफ्नो शक्ति र क्षमता प्रदर्शन गरिरहेका छन् । 

अध्यक्ष बन्ने दौडमा निर्देशक दयाराम दाहाल, अभिनेता भुवन केसी, सोहित मानन्धर र निर्माता अर्जुन कुमार रहेका छन् । 

यो दौडमा नायक निखिल उप्रेतीको नाम पनि जोडिएको थियो । तर, निखिल आफैँले उक्त कुराको खण्डन गरे । उनले आफूलाई अहिले नै विकास बोर्डमा पुगेर थन्किने मन नभएको प्रतिकृया दिएका छन् । 

चलचित्र विकास बोर्डमा आफूले कुनै रुचि नदिएको र आफ्नो नाम अन्त कतैबाट सिफारिस भएकाले चर्चामा रहेको निखिलको भनाई छ । 

आफ्नो नाम मन्त्रालयबाट सिफारिस हुदाँ समेत निखिलले त्यसमा रुचि दिएनन । अहिले विकास बोर्डमा गएर काम गर्न सक्ने वातावरण नभएको भन्दै निखिल पछाडि हटेका थिए ।


कस्तो लाग्यो ?

यो पनि