बैशाख १४, २०८१, शुक्रबार
               

भारतीय नायिका पुनम पाण्डे पक्राउ

एजेन्सी
बैशाख २९, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतीय नायिका पुनम पाण्डे पक्राउ परेकी छन् । लकडाउन उल्लंघन गरेको भन्दै आइतबार नायिका पाण्डेलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो । उनी बीएमडब्ल्यू कारमा आफ्ना साथीहरुसँग घुमिरहेकी थिइन् ।

नायिका पाण्डेमाथि सरकारी आदेशको उल्लंघन गरेको आरोप लागेको छ । पुलिसले उनीसँगै उनका साथी सेम अहमदलाई पनि प्रहीले पक्राउ गरेको छ ।

मुम्बई पुलिसका अनुसार पुनम र उनका साथीलाई मरिन ड्राइभ इलाकामा एक पाँच तारे होटल बाहिर पक्राउ गरिएको हो । पुलिसले उनको कार पनि जफत गरेको छ भने आज उनलाई अदालतमा पेश गरिने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि