बैशाख १३, २०८१, बिहीबार
               

नेपाली युवा दिवेश अमेरिकन आइडलको उत्कृष्ट सातमा

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली युवा गायक दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा पुगेका छन् । आर्थर गन उपनामले परिचित युवा गायक पोखरेलले गत आइतबार डिज्नेको ‘लिटल मर्मेड’ को  ‘किस द गर्ल’ गीत गाएका थिए ।

अमेरिकन आइडलको त्यो स्थानमा पुग्ने उनी पहिलो नेपाली हुन् । उनी विगत ६ वर्षअघि अमेरिका गएका थिए । काठमाडौंको एस कलेज इन्स्टिच्युटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि दिवेश अमेरिका गएका हुन् ।

महामारीका रुपले विश्वभर फैलिएको कोरोना भाइरसका कारण गत दुई सातादेखि अमेरिकन आइडल घर–घरबाट प्रतिस्पर्धी, जज, संगीतकर्मी, सञ्चालक, प्रशिक्षकलाई जोडेर प्रसारण गरिँदैछ । दुई सातादेखि नै प्रतिस्पर्धीलाई भोट दिन मिल्छ ।

पोखरेलको भोटिङ कोड १६ रहेको छ । उक्त आइडलमा एसएमएस, अमेरिकन आइडलको वेबसाइट र अमेरिकन आइडलको एप डाउनलोड गरेर पनि भोट गर्न व्यवस्था मिलाइएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि