बैशाख १३, २०८१, बिहीबार
               

लागुऔषधसहित दुई जना पक्राउ

रासस
बैशाख २८, २०७७

ADVERTISEMENT

काठमाडौं । लागुऔषधसहित दुई युवा नवलपरासी (बर्दघाट– सुस्ता पश्चिम)बाट आज पक्राउ परेका छन् । बन्दाबन्दीको मौकाछोपी लागुऔषध ओसारपसार गरिरहेका अवस्थामा जिल्लाको भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बसहियाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–६ का २८ वर्षीय विजय चौधरी र २५ वर्षीय सुनिल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनीहरूका साथबाट ओनरेक्स सिरफ १०० मिलिलिटरको चार बोतल, नाइट्रोभेट पाँच फाइन(प्रति फाइल पन्ध्र चक्की) र स्पास्मो ५४ फाइल(प्रतिफाइल आठ क्याप्सुल) बरामद गरिएको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ती युवा प्रहरीचौकी बसहियाबाट खटिएको गस्ती टोलीलाई देखेर भाग्न थालेपछि प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा लागुऔषध बरामद भेटिएको प्रनाउ थापाले बताए ।  उक्त कार्यमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि