बैशाख १३, २०८१, बिहीबार
               

पहिलेको दशरथ रंगशाला मसानघाट

नेपाल फ्ल्यास
बैशाख २८, २०७७

ADVERTISEMENT

गतवर्ष नेपालले आयोजना गरेको दक्षिण एसियाली खेलकुद सागको दशरथ रंगशालामा भब्य समापन भयो । जसमा लेपालले ५१ स्वर्णसहित गर्विलो इतिहास रचेको छ । त्यही रंगशालाको पुरानो स्वरूप कस्तो थियो त ? त्यही विषयमा थोरै चर्चा गरौँ ।

 सन् १९५६ मा निर्माण भएको दशरथ रंगशालको इतिहास धेरै लामो छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त रंगशालाको इतिहासमा कतै सुखद पक्ष छन् भने कति दुखद् ।  त्रिपुरेश्वरमा रहेको रंगशालालाई अखिल नेपाल फुटबल संघले लामो समय यता सञ्चालन गर्दै आइरहेको छ । 

सुरुआतीमा २५ हजार दर्शक क्षमता भएको रंगशाला १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता पहिले पुनर्निर्माण गर्दा १५ हजार क्षमताको राखिएको थियो । विसं। २०७२ सालमा आएको भूकम्पका कारण तहसनहस भएको रंगशाला पुनर्निर्माण गर्न भने धेरै समय लागेको थियो । 

रंगशालको पुनर्निर्माण १९९८, २०११, २०१४ र २०१९ मा भएको थियो ।२०१३ सालमा दशरथ रंगशालाको पहिलो खाका तयार हुनु अघि यो ठाउँ मसानघाटका रूपमा परिचित थियो । वाग्मतीको पुलदेखि यो स्थान खुला मैदान थियो ।

काठमाडौंका पोडे र वाग्मती पुल वरिपरिमा बस्ने जोगीहरूको लास जलाउने र गाड्ने गरिन्थ्यो वरिपरि । त्यसैले २०११ सालसम्म यो स्थान मसानघाटकै रूपमा चिनिन्थ्यो । 

यहाँका स्थानीयवासी दिउँसो १२ बजे र साँझ ४ बजेदेखि रंगशाला वरिपरि नजान सबैलाई सल्लाह दिन्थे । रंगशालाको उत्तर प्याराफिट तर्फ पहिले ठूलो बाँसको झ्याङ थियो । त्यो झ्याङमा नाग भएको र त्यता नजान पनि सल्लाह दिन्थे ।

यस्तै हाल फुटबल मैदान भएको स्थान पहिले पोखरी थियो । यो पोखरी नजिकै नजान पनि सल्लाह दिन्थे । पोखरीमा तान्ने चिज छ भन्ने भनाइ नै थियो त्यतिबेलाका स्थानीयवासीको । 

पहिले मसानघाट भएकै कारण रंगशालाको कभर्ड हल हाता र रंगशालाभित्र राति १२ बजे अनौठो हर्कत हुने गरेको दाबी गर्छन् यहाँका कर्मचारीहरू । त्यसैले २०४३ सालसम्म भन्ने गरिन्थ्यो रंगशाला र कभर्ड हलमा मध्यान्न १२ बजे एक्लै नछिर्नु । र राति यी ठाउँमा नजानु भन्छन् ।

धेरैलाई अपत्यारिलो लाग्न सक्छ दशरथ रंगशालाको निमार्ण विसं २०१३ सालमा तत्कालीन राजा महेन्द्रको राज्याभिषेक अगाडि सुरु भएको थियो । २०१३ सालभन्दा अगाडि हाल रंगशाला परिषरमा रहेको कभर्ड हलको खाली मैदानमा सार्वजनिकरूपमा फुटबल खेलिन्थ्यो ।

त्यो सानो टुँडिखेलको नामले परिचित थियो । अहिलेको फुटबल मैदान भएको ठाउँमा त्यतिबेला ठूलो खाल्डो थियो रंगशालाको । त्यहाँ पोखरी पनि थियो ।

२०१३ सालमा राजा महेन्द्रको राज्यभिषेकको अवसर पारेर कुस्ती एथ्लेटिक्स फुटबल ब्याडमिन्टन र टेबल टेनिसको आयोजना गर्ने निर्णय भएपछि पहिलोपल्ट रंगशालाको आवश्यकता महसुस गरियो । अनि किरण शम्शेरलाई रंगशालाको निमार्णको जिम्मा दिइयो । उनले खाल्डो भएको स्थान सम्याउने कामलाई तिब्रता दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि