बैशाख १४, २०८१, शुक्रबार
               

निको हुनेको संख्यामा उल्लेख्य सुधार, देशअनुसार फरकफरक प्रतिशत (सूचीसहित)

नेपाल फ्ल्यास
बैशाख २८, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर निको हुनेको संख्या बढ्दै गएको छ । पछिल्ला दिनमा निको हुनेको प्रतिशत बढ्दै गएको छ ।

यो सामग्री तयार पार्दा विश्वभरमा ४१ लाख १४ हजार ५५१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १४ लाख ४५ हजार ९३१ जना उपचारपछि ठीक भएका छन् । यो कुल संक्रमणको ३५ प्रतिशत निको भएको हो ।

निको हुने प्रतिशत पनि देश अनुसार फरकफरक देखिएको छ । नेपाल फ्ल्यासले पाँच हजारभन्दा बढी संक्रमित रहेका मुलुकमा निको हुनेको प्रतिशत विश्लेषण गरेको छ । सबैभन्दा बढी चीनमा ९४ प्रतिशत निको भएका छन् भने अस्ट्रेलियामा ८८ प्रतिशत उपचारपछि ठीक भएका छन् । निको भइसकेकाहरूको संख्या अमेरिकामा १८ र रसियामा १६ प्रतिशत छ ।

बैशाख २२ गतेको अवस्था

बैशाख २२ गतेसम्ममा विश्वभर कुल संक्रमितमध्ये ३२ प्रतिशत उपचारपछि निको भएका थिए । त्यतिखेर विश्वभरमा ३५ लाख ६५ हजार २६५ संक्रमित भएकोमा ११ लाख ५३ हजार ९९५ जना निको भइसकेका थिए ।

बैशाख २२ गतेको ग्राफ

हेर्नुस् वैशाख ७ गतेको अवस्था

वैशाख ७ गते विश्वभरमा २३ लाख ३३ हजार ८९५ जना संक्रमित थिए । त्यसमध्ये ६ लाख ४०६ जना निको भइसकेका थिए भने १ लाख ६० हजार ८२० जनाको मृत्यु भइसकेको थियो ।

सजग र सावधानी आवश्यक

कोरोना भाइरसको सम्भावित संक्रमण र विस्तारबाट विचलित हुनु पर्ने अवस्था छैन । तर पनि कोरोना भाइरसबाट मुक्तिका लागि 'सोसल डिस्टेन्स' कायम गर्नु नै हो । संक्रमण फैलन नदिनु नै यसबाट छिटो मुक्ति पाउनु हो । अहिलेसम्म यसको खोप नबनेको र यसका लागि विशेष औषधिसमेत बनी नसकेको अवस्थामा छैन । नेपालमा पनि नियमित साबुनपानीले हात धुने, लकडाउनको पालना गर्ने, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनेलगायत सरकारको अनुरोध तथा विशेषज्ञहरूको सुझावलाई पालना गर्न आवश्यक छ ।


कस्तो लाग्यो ?

यो पनि