बैशाख १३, २०८१, बिहीबार
               

नेपालले आफ्ना नागरिकलाई हेप्याे, स्वदेश बोलाएन : भारतीय मिडिया

नेपाल फ्ल्यास
बैशाख २८, २०७७

ADVERTISEMENT

भारतीय पत्रिका अमर उजालाले नेपालले आफ्ना नागरिकलाई स्वदेश नबोलाएको शीर्षकमा समाचार लेखेको छ । भारतको उत्तराखण्ड र उत्तरप्रदेशमा रहेका अन्य पत्रपत्रिकाहरुले पनि नेपाल आफ्ना नागरिक फिर्ता गर्न नचाहेको समाचारह लखेका छन् । 

अमर उजालाले लेखेको छ, नेपाल आफ्ना नागरिकलाई फिर्ता लैजान लापरबाही गरिरहेको छ । कैयौंपटक पत्राचार गर्दा पनि नेपाल आफ्ना नागरिकलाई फिर्ता लैजान उदासीन रवैया देखाइरहेको छ । नेपाली मजदुरको क्‍वारेन्टाइनको अवधि पूरा भइसकेपछि पनि काम उपलब्ध गराउँदा पनि काम गर्न तयार छैनन् । घर फर्किन चाहेका छन् ।

भारतले विभिन्‍न मुलुकमा रहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउने अभियान चालेको छ । उनीहरुलाई स्वदेश ल्याएर क्‍वारेन्टाइनमा राख्‍ने व्यवस्था मिलाएको छ । त्यसैगरी भारतभित्रै पनि विभिन्‍न राज्यमा रहेका आप्रवासी मजदुरलाई उनीहरुको राज्यमा फिर्ता गर्न राज्य सरकारमार्फत पहल गरिएको छ । 

तर, नेपालले भने सीमामै पुगेका नेपालीहरुलाई समेत पिठ्युँ फर्काएको छ । नेपालले जेठ १८ सम्म नाका बन्द गरेको छ भने जेठ ५ गतेसम्म लकडाउको अवधि बढाएको छ । भारतमा पनि १७ मे अर्थात् ४ जेठसम्म लकडाउनको अवधि थप गरेको छ । 

नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ भारतमा कोरोना संक्रमितको संख्या ६२ हजारभन्दा बढी पुगेको छ भने दुई हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाको जोखिम बढी भएकाले भारतका विभिन्‍न स्थानमा रहेका नेपालीका आफन्तले नेपालको प्रशासनलाई आफ्ना आफन्तलाई स्वेदश फर्काउन पहल गरिदिन आग्रह गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि