बैशाख १३, २०८१, बिहीबार
               

कसरी मजबुत बनाउने इन्टरनेटको पासवर्ड, गुगलका ५ टिप्स

नेपाल फ्ल्यास
बैशाख २७, २०७७

ADVERTISEMENT

पछिल्ला दिनहरूमा साइबर आक्रमणका घटना बढ्दै गइरहेको छ । अझ लकडाउनका बेला इन्टरनेटको प्रयोग अत्यधिक हुँदा प्रयोगकर्ताका अनलाइन अकाउन्टहरू अत्यधिक जोखिमपूर्ण छन् । यस्तोमा आफ्नो कुनै पनि अनलाइन अकाउन्टलाई ह्याक हुनबाट जोगाउनका लागि अकाउन्टको पासवर्ड मजबुत बनाउनुपर्ने हुन्छ ।

अधिकांश मानिसहरु सम्झिन सजिलो अंकमात्रै वा अक्षर मात्रैका सजिला पासवर्ड राख्ने गर्दछन् । आफ्नो जन्ममिति, जन्मस्थान, नाम वा थर जस्ता अंक तथा अक्षरहरुलाई अनलाइन अकाउन्टको रुपमा प्रयोग गर्ने प्रचलन निकै बढी छ । अझै धेरैवटा अकाउन्टमा एउटै पासवर्ड राख्ने मानिसहरु पनि थुप्रै हुन्छन् । यस्तोमा ह्याकरहरूले प्रयोगकर्ताको पासवर्ड सजिलै पत्ता लगाउने र अकाउन्ट ह्याक गर्ने जोखिम उच्च हुन्छ ।

इन्टरनेट जाएन्ट गुगलले बलियो पासवर्ड बनाउने ५ वटा टिप्स दिएको छ । गुगलका अनुसार मजबुत पासवर्ड बनाउनका लागि यी कुरामा ध्यान दिनुपर्दछ स्

 पासवर्ड लामो हुनुपर्दछ : गुगलका अनुसार पासवर्डमा कम्तिमा पनि ८ वटा अंक । अक्षर चिन्ह हुनुपर्दछ । पासवर्डलाई मजबुत बनाउनका लागि त्यसमा अक्षरहरूमा ठूलो तथा सानो अंग्रेजी अक्षर, अंक तथा चिन्हरूको समेत प्रयोग गर्नुपर्दछ ।

पासवर्ड फरक फरक हुनुपर्दछ :  इन्टरनेट प्रयोगकर्ताहरूले आफ्ना फरक फरक अनलाइन अकाउन्टहरूमा फरक फरक पासवर्ड प्रयोग गर्नुपर्दछ । एक भन्दा बढी अकाउन्टमा एउटै पासवर्ड प्रयोग गर्नु हुँदैन ।

 पासवर्ड सिर्जनात्मक हुनुपर्दछ : कतिपय प्रयोगकर्ताहरूले आफ्नो सजिलोका लागि निकै सरल चिजहरूलाई पासवर्डको रुपमा प्रयोग गर्ने गर्दछन् । जसमा आफ्नो नाम, थर वा उपमान, स्कूलको नाम, आफु बस्ने टोलको नाम, मनपर्ने खेल क्लबको नाम, १२३४५ जस्ता लहरै अंक वा अंग्रेजीमा ‘पासवर्ड’ भन्ने शव्द । सजिलोका लागि यस्तो पासवर्ड राख्नु जोखिमपूर्ण हुन्छ । ह्याकरहरूले सजिलैसँग यस्तो पासवर्ड पत्ता लगाएर तपाइँको अकाउन्ट ह्याक गरिदिन सक्दछन् । त्यसैले पासवर्ड छनोट गर्दा अलिक सिर्जनात्मक हुनुहोस् ।

पासवर्डमा नराख्नुस् व्यक्तिगत जानकारी : गुगलका अनुसार आफ्नो नाम, ठेगाना, फोन नम्बर तथा इमेल आदिलाई पासवर्डको रुपमा प्रयोग गर्नु हुँदैन । यसले अन्य व्यक्ति वा ह्याकरलाई तपाइँको पासवर्ड पत्ता लगाएर अकाउन्ट ह्याक गर्न सजिलो पर्न सक्दछ ।

 पासवर्ड परिवर्तन गरिरहनुहोस् : धेरै लामो समयसम्म एउटै पासवर्ड राखिरहनु हुँदैन । समय समयमा पासवर्ड परिवर्तन गरिरहनु पर्दछ । यदि कुनै कारणले अन्य व्यक्तिसँग आफ्नो पासवर्ड शेयर गरिएको छ वा अन्य व्यक्तिलाई तपाइँको पासवर्ड थाहा भयो भने तुरुन्तै पासवर्ड परिवर्तत गर्नुहोस् । एजेन्सी


कस्तो लाग्यो ?

यो पनि