बैशाख १३, २०८१, बिहीबार
               

नेपालीको उद्धार गर्न माग राख्दै भारतीय नेता धर्नामा

रासस
बैशाख २७, २०७७

ADVERTISEMENT

क्वारेन्टाइनबाट निकालिएका एक सय ५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाबस्वरुप  भारतको उत्तराखण्ड प्रदेश कँग्रेस आइका महासचिव भुवन कापरी खटिमामा आज धर्नामा बस्नुभएको छ । 

उत्तराखण्डको काशीपुर र रुद्रपुरमा १४ दिन क्वारेन्टाइन राखिएपछि क्वारेन्टाइन बसेको पत्र हातमा थमाउँदै नेपालीलाई त्यहाँबाट लखेटिएको थियो । करिब १०० किलोमिटर पैदल हिँडेर भारतीय बजार खटिमा पुगेका १ सय ५० भन्दा बढी नेपालीलाई कँग्रेस प्रदेश महासचिव कापरीले भोजनको व्यवस्थापनसमेत गरेका छन् ।

“लखेटिएका नेपालीलाई पुनः त्यही क्वारेन्टाइनमा राख्नुपर्ने, क्वारेन्टाइन नबसेकालाई खटिमामै क्वारेन्टाइनमा राख्नुपर्ने र नेपाल सरकारले पनि आफ्ना नागरिक लैजान पहल गरोस् भनेर धर्नामा दिइयो ।” खटिमाको सञ्जयपार्क सहिद स्मृतिमा धर्नामा बसेका उनले भने, “खटिमा क्षेत्रमा अलपत्र नेपाली भारतका विभिन्न ठाउँबाट पैदल आउने क्रम रोकिएको छैन ।”

अलपत्र नेपाली खटिमाको बसपार्क, सडक छेउछाउमा आश्रय लिइरहेको छन् । उनीहरु कञ्चनपुर, जाजरकोट, कालिकोट, डडेल्धुरा, कैलाली र बैतडीका स्थानीयवासी रहेको बुझिएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि