बैशाख १३, २०८१, बिहीबार
               

नेपालले भन्यो- 'नेपाली भूभागमा कुनै गतिविधि नगर्नू'

नेपाल फ्ल्यास
बैशाख २७, २०७७

ADVERTISEMENT

काठमाडौं। भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि हुँदै लिपुलेक जोड्ने सडककाे उद्घाटन गरेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर खेद प्रकट गरेकाे छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकाल्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले २६ वैशाखमा धार्चुला-लिपपुलेक सडकको उद्घाटन गरेको घटनाप्रति नेपालले खेद व्यक्त गरेको हाे ।  

नेपाल सरकारले सुगौली सन्धिअनुसार काली नदीदेखि पूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको सबै भाग नेपालको हो भन्नेमा निरन्तर अडान राख्दै आएको विज्ञप्तिमा उल्लेख छ-‘नेपालले धेरै पहिलेदेखि यो अडान राख्दै आएको छ । केही अघि भारतले राजनीतिक नक्शा जारी गरेपछिको अवस्थामा २० नोभेम्वर २०१९ मा पठाएको डिप्लोम्याटिक नोटमा त्यसलाई दोहोर्‍याएको छ ।’ 

नेपाल सरकार ऐतिहासिक सन्धि, दस्तावेज र नक्शामा आधारित भएर कूटनीतिक रूपमा सीमा विवादको समाधान खोज्न प्रतिवद्ध रहेको विज्ञप्तिमा बताइएकाे छ । साथै भारतकाे एकतर्फी अतिक्रमित कदमले दुई देशबीच प्रधानमन्त्रीस्तरमा भएको ‘सीमा विवाद छलफलद्वारा टुंगो लगाउने’ समझदारीको पनि उल्लंघन हुने ठहर गरेको छ ।

  


कस्तो लाग्यो ?

यो पनि