बैशाख १४, २०८१, शुक्रबार
               

बुन्डेस लिगाको नयाँ खेल तालिका सार्वजनिक

नेपाल फ्ल्यास
बैशाख २७, २०७७

ADVERTISEMENT

एजेन्सी । जर्मन बुन्डेस लिगाको नयाँ खेल तालिका सार्वजनिक भएको छ । कोरोना भाइरसका कारण स्थगित भएको लिग १६ मे बाट सुरु हुने भएको हो । 

जर्मन फुटबल संघले लिग मे १६ बाट सुचारु हुने बताएको हो । युरोपको शीर्ष डिभिजनको फुटबल प्रतियोगिता कोरोना भाइरसको संक्रमणपछि पुनः सुचारु हुने पहिलो लिग हो । 

जर्मन फुटबल संघले बिहीबार कोरोनाका कारण अनिश्चित बनेको बुन्डेसलिगा मे १६ बाट सुरु हुने घोषणा गरेको हो । प्रतियोगिता सुचारु हुने पहिलो दिन शनिबार ६ खेल हुनेछन् । पहिलो दिनको खेलमा दोस्रो बोरुसिया डर्टमन्डले साल्कसँग खेल्नेछ । 

सिजनको अन्तिम चरणको खेल जुन २७ र २८ लाई तय गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि