बैशाख ०४, २०८१, मंगलबार
               

आयशाद्वारा दृष्टिविहिनलाई सहयोग

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

काठमाडौं । दक्षिण एसियाली खेलकुदकी दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहीनहरूलाई शुक्रबार खाद्यान्न सहयोग गरेकी छन् ।

कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण विभिन्नहरूलाई आर्थिक रुपमा निकै कठिनाई भइरहेको छ । कीर्तिपुरस्थित नगाँउमा रहेका ३५ दृष्टिविहीनलाई सोही ठाँउमा पुगेर आयशाले खाद्यान्न हस्तान्त गरेकी हुन् । राहतमा १० केजी चामल, दाल १ केजी, चिउरा १ केजी, तेल १ लिटर, नुन १ केजी, भुजा १ केजी र चाउचाउ ४ प्याकेट रहेको छ ।

सागमा पदक जितेवापत सरकारले हालै नगद पुरस्कारबाट सम्मानित गरेपछि आयशाले सोहीबाट सहयोग गरेको बताइएकी बताइन् । अरू खेलाडीहरूले पनि यो कठिन अवस्थामा सहयोग गरिरहेका आयशाले भनिन्, 'आफुले सक्दो सहयोग गर्नुपर्दछ भन्ने मलाई  लागेको हुँदा सहयोग गरेँ । त्यसमाथि दृष्टिविहिनहरूलाई सहयोग गर्दा थप आनन्द महसुस गरे ।' 

एसियाली खेलकुदकी कास्य पदक विजेता समेत रहेकी आयशाले मंसिरमा स्वदेशमा आयोजनामा भएको सागको तेक्वान्दोको पुम्सेमा दोहोरो स्वर्ण पदक जितेकी थिइन् ।

यो पनि