बैशाख १२, २०८१, बुधबार
               

क्वारेन्टाइनमा पल: चलचित्र हेरेर बित्दैछ दिन

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

कोरोनाको त्रासका कारण अहिले नेपाल लकडाउनमा छ । सबै कलाकारहरु घरमा नै थुनिएर बस्न बाध्य छन् । नायक पल शाह पनि आफ्नो परिवारसँग घरमा नै थुनिएका छन् ।

लकडाउनमा रहेका पल चलचित्र हेरेर दिन कटाइरहेका छन् । पल भन्छन्, ‘अहिले काम सबै रोकिएको छ । घरबाट बाहिर निस्किने अवस्था नै छैन । त्यसैले चलचित्र हेरेर  नै दिनहरु बिताइरहेको छु ।'

चलचित्र हेर्दा दिक्क भए भने पल साथीहरुलाई सम्झिन्छन् । साथीहरुसँग भिडियो च्याट गरेर उनीहरुलाई भेट्ने धोको पूरा गर्छन् । पल भन्छन्, ‘केही बेर भएभने साथीहरुलाई कल गर्छु । उनीहरुसँग कुरा गरेपछि फ्रेस भइन्छ ।’

कोरोनाले गर्दा पल अभिनित चलचित्र ‘२ नम्बरी’को छायांकन रोकियो । २५ प्रतिशत छायांकन सकिएको यस चलचित्रको बाकीँ छायांकन कहिले हुने पत्तो छैन । पल भने आफ्नो कामलाई निकै याद गरिरहेका छन् ।

पल भन्छन्, ‘यो समय याद हुने भनेको नै काम रहेछ । दैनिक काम गर्नेहरुलाई त धेरै नै कामको धेरै याद आउने रहेछ ।’

पल आफ्नो स्वस्थ्यलाई लिएर निकै सचेत भएका छन् । सुरुका दिनमा व्यायमको लागि अल्छि गरेपनि अहिले भने दैनिक व्यायम गरिरहेका हुन्छन् ।

‘अहिलेको समय स्वस्थ्यलाई किनै ख्याल गर्नुपर्ने समय हो’, पलले भने, ‘त्यसैले म हरेक दिन बिहान १ घण्टा वर्कआउट गर्छु । बेलुका पनि १५ मिनेट मेडिटेसनको लागि समय छुट्याएको छु ।’


कस्तो लाग्यो ?

यो पनि