बैशाख १३, २०८१, बिहीबार
               

आजदेखि खुल्दैछन् ४४ प्रकारका उद्योग (सूचिसहित)

ADVERTISEMENT

लकडाउनयता अत्यावश्यक वस्तु उत्पादन गर्ने बाहेकका बन्द उद्योग कलकारखाना आज (शुक्रवार) बाट खुल्ने भएका छन् । सरकारले पर्याप्त स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाएर बन्द उद्योगहरू खोल्न सकिने बताएको छ।

कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले देशभर लकडाउन गरेपछि बन्द उद्योग खुलाउने सरकारको निर्णयपछि केही व्यवसायीले उद्योग खोल्ने तयारी गरेका छन् । उद्योगभित्र रहेका कामदार बाहिर नआउने र बाहिरका व्यक्ति भित्र नजाने गरी ‘क्वारेन्टाइन’ बनाएर उद्योग चलाउनुपर्नेछ ।

तर, अहिलेकै अवस्थामा उद्योगहरू चलाउँदा खर्च मात्रै थपिने र कामदारको व्यवस्थापनमा जटिलता आउने भन्दै केही उद्योगीले भने चलाउन आनाकानी गरेका छन् ।

औषधी, ग्यास, खाद्यान्न, खानेपानी लगायतका उद्योग सञ्चालनमै छन् । सरकारले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याए पनि ४४ वटा उद्योग र त्यसका लागि आवश्यक पर्ने ढुवानीका साधनहरू खुलाउन लागेको हो ।

लकडाउनमा पनि शुक्रवारबाट खुल्ने ४४ प्रकारका उद्योग क्षेत्रको विवरण

१) खाद्यान्न उत्पादन वा प्रशोधन गर्ने उद्योगहरू

२) दूध तथा दुग्ध पदार्थ उत्पादन उद्योग

३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरू

४) खाने पानी उत्पादन गर्ने उद्योगहरू

५) इँटा उद्योग

६) पशुपक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग

७) खाने तेल तथा घ्यू उद्योग

८) चिनी उद्योग

९) चिया प्रशोधन उद्योग

१०) एलपीजी ग्यास उद्योग

११) प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योग

१२) कफी उद्योग

१३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग

१४) नूडल्स तथा तयारी चाउचाउ उद्योग

१५) मसला उद्योग

१६) अलैँची र अदुवा प्रशोधन उद्योग

१७) कुखुरा पालन, बाख्रापालन, बङ्गुर पालन, गाईबस्तु पालन उद्योग

१८) धान चामल र चिउरा उद्योग

१९) दाल उद्योग

२०) पशु औषधि र कीटनाशक औषधि सम्बन्धी उद्योग

२१) खानी तथा खनिजजन्य उद्योग

२२) बालुवा प्रशोधन तथा क्रसर उद्योग

२३) सिमेन्ट उद्योग

२४) आइरन तथा स्टिल उद्योग

२५) पेन्टिङ उद्योग

२६) जीआइ र प्लास्टिक पाइप र फिटिंग्स् उद्योग

२७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरू उत्पादन गर्ने उद्योग

२८) जुस तथा हल्का पेय पदार्थ उद्योग

२९) प्लाइउड र भेनियर उद्योग

३०) विद्युत् उत्पादन, विद्युत् सामग्री, ट्रान्सफर्मर तथा प्रसारणसँग सम्बन्धित उद्योगहरू

३१) जस्ता पाता उद्योग

३२) हेभी मेशिनरी औजार मर्मत संभार

३३) खनिजजन्य उद्योग र खानीहरू (लाइमस्टोन, खरी, डोलोमाइट, रेडक्ले, फलाम लगायत)

३४) स(मिल र काष्ठ उद्योग

३५) आल्मुनियम उद्योग

३६) ग्रील उद्योग

३७) फोहोर मैला सङ्कलन तथा प्रशोधन उद्योग

३८) ढुवानी तथा कार्गो सेवा उद्योग

३९) मेसिन पार्टपुर्जा वर्कसप उद्योग

४०) मोटर ग्यारेज वर्कसप उद्योग

४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग

४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग

४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबै खाले उद्योग

४४) औद्योगिक क्षेत्रभित्र रहेका सबै खाले उद्योग

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि